१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मड्रिड डर्बीः रियल र एट्लेटिकोले अंक बाँडे



अ+ अ-

काठमाडौँ । स्पेनिस लिग ला लिगा अन्तर्गत रियल मड्रिड र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

गएराति भएको मड्रिड डर्बीमा दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

खेलको ६४ औं मिनेटमा इडर मिलिसाओले गोल गर्दै पाहुना टोलि रियललाई सुरुवाती अग्रता दिलाए । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा एंगेल कोरीआले गोल गर्दै एट्लेटिकोको हार टारे ।

बराबरीको नतिजापछि ८ खेलबाट १८ अंकसहित रियल दोस्रो स्थानमा छ भने १६ अंकका साथ एट्लेटिको तेस्रो स्थानमा छ ।