१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शकिब अल हसनले सन्यासको घोषणा गरे



अ+ अ-

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल हसनले सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार अचानक पत्रकार सम्मेलन बोलाएर आफ्नो अन्तिम टेस्ट दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने बताए ।

उनी भारत भ्रमणमा बंगलादेशको टोलीमा छन्, यद्यपि उनको कानपुर टेस्ट खेल्नेमा शंका छ ।

३७ वर्षीय बंगलादेशी अलराउन्डरले भने, ‘मैले मेरो बोर्डलाई मिरपुरमा अन्तिम टेस्ट खेल्ने इच्छा व्यक्त गरेको छु । मेरो घर फर्किने प्रयास पनि गरिरहेका छन्, यदि त्यसो भएन भने भारतविरुद्धको कानपुर टेस्ट मेरो अन्तिम खेल हुनेछ ।’

लामो समयदेखि विवादित रहँदै आएका शकिबमाथि प्रदर्शनकारी विद्यार्थीको हत्या गरेको आरोप छ ।

शाकिब अल हसन विगत केही दिनदेखि सेन्ट्रल सेरस कोरियोरेटिनोप्याथीबाट पीडित छन् । यो एक अवस्था हो जसमा रेटिना मुनि तरल पदार्थ जम्मा हुन्छ । जसले दृष्टिमा बाधा पुर्याउँछ । यही समस्याका कारण भारतविरुद्ध चेन्नईमा खेलिएको पहिलो टेस्टमा शकिबले घाँटीमा कालो धागो लगाएका थिए र त्यसलाई मुखले थिचेका थिए ।

शकील यसै वर्ष सांसद बनेका थिए । उनी शेख हसिनाको सरकारमा मन्त्री थिए । देशमा हिंसात्मक प्रदर्शन भएपछि शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिनुपरेको थियो । उनले पनि देश छाड्नुपर्‍यो ।

बंगलादेशका यी स्टार अलराउन्डर मैदानभित्र र बाहिर विवादका कारण बारम्बार चर्चामा रहन्छन् । यसै वर्षको अप्रिलमा उनको ग्राउन्ड स्टाफसँग झगडा भएको थियो । फोन खोस्ने प्रयास गर्दै थप्पड मार्ने धम्की समेत दिए । यसका साथै उनले विपक्षी टोलीका खेलाडी र अम्पायरसँग पनि धेरै पटक मैदानमा झगडा गरेका छन् ।

शकिबले ७० टेस्ट खेलमा ४ हजार ६०० रन बनाएका छन् भने २४२ विकेट लिएका छन् । यस्तै, एकदिवसीयमा उनले २४७ खेल खेल्दा ७ हजार ५७० रन र ३१७ विकेट लिएका छन् भने टी–२० आईमा १२९ खेल खेलेका उनले २ हजार ५५१ रन बनाउँदा १४९ विकेट लिएका छन् ।