• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

अमेरिका क्यालिफोर्निया क्षेत्रका लागि अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको पदावधि थप



काठमाडौ । सरकारले अमेरिकाको क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप  गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले ढकालको पदाबधि थप्ने  निर्णय गरेको थियो । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । 

महावाणिज्यदूत ढकाल तयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयात गर्ने एक अग्रणी व्यवसायीका रूपमा  परिचित हुनहुन्छ । २००५ मा अमेरिका आउनु भएका ऋषिको राइजिङ इन्टरनेशनल इन्क सन् २०१३ सम्म नेपालबाट तेस्रो मुलुकमा निर्यात हुने वस्तुको अग्रणी आयातकर्ता भई सकेको थियो ।

सन् २०१४ मा नेपाल सरकारकातर्फबाट महत्वपूर्ण व्यवसायिक व्यक्तित्वका लागि दिइने सम्मान समेत प्राप्त गर्नुभएको थियो । नेपालमा पनि शिक्षा, स्बास्थ्थ तथा उर्जाका क्षेत्रमा लगानी गर्नुभएका ढकालले अमेरिकामा तयारी पोशाक संगै ,बिभिन्न सेवामुलक क्षेत्रमा लगानी गर्नुभएको छ ।