६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा



अ+ अ-

काठमाडौं । बालरोग विशेषज्ञ डा. श्रीधर खनालको साइन्स फिक्सनमा आधारित एआई र रोबोटिक्स उपन्यास सावर्णि बजारमा आएको छ ।

प्राध्यापक अभि सुवेदी, लेखक डा.रवीन्द्र समीर, लेखक सगुना शाह र सावर्णिका लेखक स्वयम् डा. श्रीधर खनालले एक कार्यक्रमका बिच सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तक माथि बिबेचना गर्दै लेखक समीरले अबको युग ‘सावर्णि’ युग भएको बताए ।

‘अब हामी सावर्णि युगमा प्रवेश गर्न लागेको संकेत आइरहेको छ । छोराछोरी, बाबुआमा, हजुरबाहजुरआमा मोबाइलविना खाना खानै नसक्ने अवस्था छ’ । कुनै लेख लेख्नुपरे च्याट जीपीटी छ ।

एआईको उच्चतम प्रयोगबाट मानिसमा भएको संवेदना, सृजना र आत्मियता हराउँदै जाने र एकदिन ‘हामीलाई एआईले नियन्त्रण गर्ने छ भन्दै, लेखक समीरले त्यो भयावह अवस्थाको सुन्दर चित्रण सावर्णि उपन्यासमा पढ्न सकिने बताए । एक नव लेखक युवा चिकित्सकले यस्तो विषयमा यति गम्भिर ढंगले पुस्तक लेखेकोमा आफु अचिम्मत भएको उनले बताए ।

उनले भने ‘एआईले हामीलाई शासन गर्न सुरू गरिसकेको छ । यस आक्रमणबाट हामी र हाम्रा सन्ततीलाई बचाउने उपायहरु समेत यस पुस्तकले प्रदान गरेकोमा आफुले सन्तोषको सास फेरेको समेत उनले बताए ।

लेखक सगुना शाहले ‘सावर्णि’मा डा। खनालको अध्ययन, प्रस्तुती र कल्पनशिलताको उच्चतम फैलावटबाट आफु रोमाञ्चित भएको बताइन् ।

सावर्णि ‘हामी लोप भइसकेपछिको कथा हो । यो किताब पढ्दै जाँदा हामी कैयौं पटक बाल्यकालमा पुग्छौं । त्यहि सुन्दर, उत्सुक र निस्फिक्रि संसारमा पुग्छौं । भविष्यको युगमा हाम्रा सन्ततीमाथी हुने नियन्त्रणको प्रभावमा मानिसले भोग्ने छट्पटाहटलाई यो पुस्तकले सुक्ष्म तहमा विवेचना गरेको उनले बताईन् । शाहले अबको प्यारेन्टिङ कस्तो हुनपर्छ भनेर यस पुस्तकले सचेत गराएउँदा आफु एकहद सम्म ढुक्क भएको पनि बताइन् ।

मान्छेले सृजना गरेको कतिपय कुराले मान्छेलाई नै ध्वस्त बनाउने भन्दै प्राध्यापक अभि सुवेदीले: ‘यो उपन्यासले विनासको रौद्र रुपमा मात्र होइन् आशाको सुन्दर संकेत समेत गरेको बताए । सावर्णिको जन्म नेपाली साहित्यको प्रयोगात्मक उपन्यासको रूपमा भएको र सम्भवत: एआई र रोबोटिक्स युगकोबारे यसरी लेखिएको यो नेपालको पहिलो उपन्यास नै भएको उनले टिप्पणी गरे । हाम्रा पौराणिक मान्यता, धर्म ग्रन्थहरुलाई समेत आधार बनाएर कल्पनशिलताको त्यो युग र हामी पछिको एआई नियन्त्रित युगको बर्णन सुन्दर ढंगले प्रस्तुत गर्न सफल भएकोमा उनले लेखक डा। खनाललाई मंचबाटै बधाई समेत दिए ।

दैनिक जसो बालबालिकाको अनेकौं समस्यासँग जुध्दै, झेल्दै र समाधान गर्दै आएका बाल चिकित्सक डा। श्रीधर खनालले पछिल्लो समयमा बालबालिकामा देखिएको मनोबैज्ञानिक समस्याहरुलाई सुक्ष्म रुपमा लिएको र त्यसबारे अध्ययन गरिरहेको बताए । यसै क्रममा विभिन्न क्षेत्रको अध्ययनको निष्कर्ष स्वरुप आम मानिसलाई मनोरञ्जनात्मक रुपमा भविष्यको दृष्य देखाउन आफुले सावर्णिलाई औपन्यासिक रुप दिएको लेखक डा। खनालले बताए ।

सावर्णि पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो ।