१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘वर्ल्ड पावर लिफ्टिङ च्याम्पियनसीप’ मा नेपालका ५ खेलाडीको सहभागिता



अ+ अ-

कास्की । भारतको महाराष्ट्रमा आगामी डिसेम्बर ४ देखि ७ सम्म आयोजना हुने २५औँ 'वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप–२०२०' मा नेपालले सहभागिता जनाउने भएको छ ।

नेपाल पावर लिफ्टिङ एशोसिएसनले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी नेपालका तर्फबाट चार पुरुष र एक महिला गरी पाँच खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाउने जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका हसन गुरुङले ८० केजी , राजेश सुवालले ९० केजी,सुजन आलेले ७५ केजी, आशिष आलेले १०० केजी  र श्रुति कार्कीले ५५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने  एशोसिएसनका अध्यक्ष सुन्दर भुसालले बताउनुभयो ।

उहाँका अनुसार नेपाली खेलाडी तथा प्रशिक्षक, व्यवस्थापकसहित आठ सदस्यीय टोली डिसेम्बर ३ मा भारत प्रस्थान गर्नेछ । कोरोना कहरका कारण  लामो समयदेखि खेलकूद गतिविधि ठप्प भएका अवस्थामा नेपालले अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनु महत्वपूर्ण रहेको भुसाल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “हामी संस्थागतरुपमा खेलाडीलाई प्रतियोगितामा सहभागी गराउँदैछौँ, हालको विषम अवस्थामा अन्तरराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुनु नै ठूलो कुरा हो ।”

एशोसिएसनले आगामी दिनमा सातै प्रदेशबाट खेलाडी छनोट गरी पावर लिफ्टिङको राष्ट्रिय प्रतियोगिता आयोजना गरिने जनाएको छ । यसअघि गत चैत १२ गतेदेखि सो प्रतियोगिता तय भएकामा कोरोना भाइरसका कारण पछि धकेलिएको बताइन्छ । प्रतियोगितामा नेपालसहित २५ राष्ट्रले सहभागिता जनाउने एशियन पावर लिफ्टिङ महासङ्घका उपाध्यक्ष जीवन गिरीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले खेलकूदका माध्यमबाट राष्ट्रलाई चिनाउनका लागि खेलाडी उत्पादन गर्न तीनै तहका सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।