१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई खेल सामाग्री प्रदान



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकको तयारीमा रहेको कराते टोलीलाई मंगलबार खेल सामाग्री प्रदान गरिएको छ । २ खेलाडी र १ प्रशिक्षक गरी ३ सदस्यीय टोलीलाई केल्मीको जुत्ता, ट्रयाक्सुट र ब्याग प्रदान गरियो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागका सचिव मिनकृष्ण महर्जनसहित प्रायोजकद्वय विनोद महर्जन र रवि महर्जनले खेलाडीद्वय नवीन रसाइली र अनु अधिकारी तथा प्रशिक्षक दीपक श्रेष्ठलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

ललितपुर जिल्ला किक बक्सिङ संघका अध्यक्ष महर्जनले ट्रयाकसुट र जुत्ता गरी जम्मा ४९ हजारको सामाग्री प्रदान गरे । त्यस्तै आठौं दक्षिणकाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रविले १५ हजार बराबरको ब्याग हस्तान्तरण गरे । कार्यक्रममा प्रशिक्षक श्रेष्ठले जुनमा फ्रान्समा क्वालिफाइङ तथा पोर्चुगल, साइप्रस र मोरोक्कोमा हुने कराते लिगमा सहभागिताका लागि प्रयास भइरहेको जानकारी गराए । त्यस्तै कुवेतमा हुने एसियन च्याम्पियनसिपमा पनि सहभागिताका लागि नेपाल कराते महासंघले प्रयास गरेको अवगत गराए ।