• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ



सांकेतिक तस्बिर

पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी  क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
 
विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिनुभयो । 

उहाँले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताउनुभयो । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ ।