५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ललितपुरस्थित पाटन दरबारको भ्रमण गर्नुभएको छ ।

पूर्वराजा शाहले सोमवार अपरान्ह पाटन दरबारको भ्रमण गर्नुभएको हो । भ्रमणको क्रममा उहाँलाई सयौँ समर्थक तथा शुभचिन्तकहरुले बाजागाजासहित स्वागत गरेका थिए ।उहाँले पाटनको गोल्डेन टेम्पल, बगलामुखी, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतमा पूजाआजासमेत गर्नुभएको थियो ।

नेपालको राष्ट्रिय झन्डा लिएर उपस्थित भएका समर्थक तथा शुभचिन्तकहरुले पूर्वराजा शाहको जयजयकार समेत गरेका थिए । भ्रमणका क्रममा उहाँले पाटन दरबार क्षेत्रमा रहेका विभिन्न देवी देवताको पुजाआजा गर्नुभएको थियो । —न्युज एजेन्सी नेपाल