• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   डिशहोम फाईबरनेटले ल्यायो इन्टरनेट र डिटीएच ग्राहकहरुका लागि विशेष ‘स्मार्ट अफर’ ★   आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी ★   निर्देशक सुदर्शन थापा पक्राउ ★   जब विद्यार्थी संसदीय अभ्यास बुझ्न दर्शक–दीर्घामा पुगे… ★   ग्लोबल आइएमई बैंक इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन अवार्डद्वारा सम्मानित ★   पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन् ★   यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल ★   सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा ★   हुलाकी सडक: अङ्कुराउँदै छन् समृद्धिका सपना ★   वैदेशिक ऋण लिएर संघीयता धान्ने कुरा गलत छ: चित्रबहादुर केसी

स्वचालित पेस्तोलसहित शिक्षक पक्राउ



सांकेतिक तस्बिर

पर्सा । वीरगञ्ज महानगरपालिकाबाट गए राति प्रहरीले स्वचालित पेस्तोलसहित एक शिक्षकलाई पक्राउ गरेको छ । ठाकुरराम बहुमुखी  क्याम्पसमा लेक्चररको पदमा कार्यरत सर्लाही जिल्लाको बलरा नगरपालिका–१० निवासी जितेन्द्रप्रसाद सिंहलाई प्रहरीले वीरगञ्ज–वडा नं ११ दुर्गाटोलस्थित निजी निवासबाट अवैध हतियारसहित पक्राउ गरेको हो ।
 
विशेष सूचनाका आधारमा दुर्गाटोलस्थित सिंहको घरमा छापा मारी खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखिएको अवस्था पेस्तोल बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिनुभयो । 

उहाँले खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको बताउनुभयो । पक्राउ परेका शिक्षक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेकोे प्रहरीले जनाएको छ ।