२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट सारियो बत्तीको पोल



अ+ अ-

काठमाडौं । बागमती करिडोरको यूएन पार्क–कुपण्डोल खण्डमा सडक कालोपत्रे गर्दा छोडिएका पोलहरू सारिएको छ ।

पोल नसारी सडक पिच गरेको भनेर आलोचना भएपछि महानगर प्रहरीसहितको टोलीले सडक बत्तीको पोल सारेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार बेलुका आवातजावत बन्द गरेर यूएन पार्कदेखि कुपण्डोलसम्म सडक पिच गरेको थियो ।

समितिले बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले पोल सारेको हो ।

सोमबार बिहानै महानगरनगर प्रहरीहरू लगाएर सडकमा छोडिएका पोलहरू हटाइएको ललितपुर महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रिबनमान व्यञ्जनकारले बताए ।