१९ भाद्र २०८३, शुक्रबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा



अ+ अ-

एजेन्सी । अदा शर्मा अहिले आफ्नो फिल्म ‘बस्तर द नक्सल स्टोरी’ को कारण चर्चामा छिन् । लामो समयदेखि खबरहरू आइरहेका थिए कि उनी स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेकी छिन् ।

अहिले उनले आफैंले एक अन्तर्वार्तामा आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् ।

इ–टाइम्सको रिपोर्ट अनुसार, अदा शर्माले अक्टोबर २०२३ मा लीज सम्झौतामा हस्ताक्षर गरी पाँच वर्षको लागि घर आफ्नो नाममा लिएकी छन् । अभिनेत्री यस वर्षको सुरुमा आफ्नी आमा र हजुरआमासँग त्यहाँ बस्न थालिन् । रिपोर्टका अनुसार अदाले यो घर पाँच वर्षको लागि भाडामा लिएकी छन् ।

बम्बे टाइम्ससँग कुरा गर्दै अदा आफैले यो जानकारी दिएकी हुन् । उनले भनिन्–‘म चार महिनाअघि मात्र फ्ल्याटमा सिफ्ट भएकी थिएँ तर ओटीटीमा मेरो प्रोजेक्ट ‘बस्तर द नक्सल स्टोरी’को प्रमोशनमा व्यस्त थिएँ । अहिले कामबाट केही समय छुटाएर यहीँ बसेको छु ।’

अदाले आफ्नो जीवनभर बान्द्राको पाली हिलमा एउटै घरमा बसेको बताइन् । ‘यो पहिलो पटक हो कि मैले मेरो बस्ने ठाउँ परिवर्तन गरेको छु । म भाइब्सको बारेमा धेरै संवेदनशील छु र यो ठाउँले मलाई सकारात्मक भाइब्स दिन्छ । केरला र मुम्बईमा हाम्रा घरहरू रूखहरूले घेरिएका छन् । चरा र गिलहरीलाई खाना खुवाउँथ्यौं । जसकारण मलाई समान दृश्यहरू र चराहरूलाई खुवाउन पर्याप्त ठाउँ भएको घर चाहिएको हो ।’ उनले भनिन् ।