• ११ असार २०८१, मंगलवार
  •      Tue Jun 25 2024
  •   Unicode
Logo
Latest
★   बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा ★   कोपा अमेरिकाः कोस्टारिकासँग बराबरीमा रोकियो ब्राजिल, कोलम्बियाले पाराग्वेलाई हरायो ★   कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीको रिटमा आज सर्वोच्चको आदेश कस्तो आउला ? ★   प्रतिनिधिसभा बैठक : के छ आजको सम्भावित कार्यसूची ? ★   श्रष्टा बानियाँलाई सूर्यनारायण पुरस्कार अर्पण ★   कोशी, बागमती, गण्डकी र लुम्बिनीमा आज भिषण वर्षा ★   क्रोएसियासँग बराबरी खेल्दै इटाली नकआउट चरणमा, स्पेन समूह विजेता ★   देशभरका ४३ स्थानीय तहले ल्याउन सकेनन् बजेट ★   अपराजित रहँदै भारत सेमिफाइनलमा, अष्ट्रेलियालाई २४ रनले हरायो ★   टी–२० विश्वकपः भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य

आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउँछौं: गभर्नर अधिकारी



काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्ष २०८१/०८२ मौद्रिक नीति खुला भएर लचिलो मौद्रिक नीति ल्याउने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा भएको इकोनोमिक मिडिया सोसाईट नेपाल (इम्सन)को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको छ । उहाँले राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो र तेस्रो समिक्षामा नै लचिलो मौद्रिक नीति अपनाउँदै आएको बताउनु भयो । उहाँले आगामी मौद्रिक नीतिमा पनि सरोकारवाला निकायहरुसँग आवश्यक छलफलको माध्यमबाट खुला मौद्रिक नीति ल्याउने बताउनु भयो । उहाँले मौद्रिक नितिका विषयमा छलफल शुरु गरेको भन्दै कर्जा र ब्याजदर धेरैको चासो रहेको बताउनु भयो । गभर्नर अधिकारीले विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिरहेको बताउनु भयो । उहाँले नेपालको लगानी,पुँजीगत खर्च उत्पादनशिल नभएको बताउनु भयो ।

उहाँल लगानी उत्पादनशिल बनाउनको लागि राष्ट्र बैंकले लिएका नीति अनुसार बैंकको लगानी सही ठाउँमा सदुपयोग गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कर्जाको लगानी उत्पादनमुलक क्षेत्रमा लगाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहाँले यसपल्टको बजेटमा धेरै कुरालाई ध्यान दिएर निजी क्षेत्रलाई केन्द्रमा राखेको बताउनु भयो । उहाँले बजेटमा ईमान्दारी प्रयाससँगै बजेटमा निजी क्षेत्रलाई कसरी सँगै लैजान सकिन्छ भन्ने कुरालाई मुख्य जोड दिइएको बताउनु भयो । उहाँले कृषि क्षेत्रलाई चलायमान बनाउन र यसको वृद्धिका लागि बजेटमा विशेष ध्यान दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट इमान्दारीपूर्वक ल्याउनुभएको छ । खोतल्दै जाँदा निस्केलान कतिपय कुराहरु त्यो अलग कुरा हो । बजेटको सबैभन्दा महत्वपूर्ण पक्षा निजी क्षेत्रलाई कसरी साथमा लिन सकिन्छ भनेर बारम्बार सम्बोधन गर्न खोजिएको छ । निजी क्षेत्रको महत्वपूर्ण माग थियो । रिसिएभल सम्बन्धि ऐन नै बनाएर पेश गर्ने कुरा भएको छ । सूचना प्रविधिमा सूचना केन्द्र,हब बनाउने विषय छन् । गत एक वर्षमा मात्रै ७० अर्ब प्रविधि निर्यात भएको कुरालाई आगामी दिनमा क्यास गर्न सकिन्छ । भन्ने सोचबाट बजेट आएको छ । ६० प्रतिशत रहेको कृषिलाई प्राथमिकतामा राख्ने कुराहरु परेका छन् । बजेटका प्राथमिकता र उदेश्यहरु स्पष्ट छन् । तर निजी क्षेत्र र सरकार आफै बजेट कार्यान्वयनमा गहिरिएर लाग्नुपर्छ । खर्च गर्ने सयन्त्रमा खाल गर्नुपर्ने छ । समयमा नै पुँजीगत खर्चको सुरुवात भयो भने सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । ५.५ प्रतिशत मूल्यवृद्धि कायम राख्ने लक्ष्य राखेको छ । आगामी आर्थिक वर्षमा लक्ष्य पूरा हुने अवस्था देख्छु । बजेटमा ठूलो महत्वकांक्षी र आकार पनि ठूलो आएको छैैन । मुलुकको अर्थतन्त्रका विभिन्न क्षेत्रहरुमध्ये विगत दुई वर्षदेखि चुनौतीपूर्ण क्षेत्र सार्वजनिक वित्त हो ।’

‘मुलुकको चालु खर्च नियन्त्रण भन्दा बाहिर छ । फिक्स छ । बजेटलाई जुटाउनु पर्ने राजश्व जुन हो । त्यसका स्रोत सिमित छन् । आर्थिक सिथिलताको समयमा राजश्व संकुचित छन् । कयौं सिमाहरुभित्र बसेर नै बजेट बनेको छ । जस्तो आकाक्षा बजेटले राखेको छ । विकास र निजी क्षेत्रलाई सँगसँगै लिएर जाने हुटहुटी बजेटका देखिन्छ । मौद्रिक नितिका विषयमा छलफल शुरु गरेका छौँ । मौद्रिक नीति सबै क्षेत्र र सरोकारवालाहरुलाई राखेर पनि छलफल गछौं । कर्जा र ब्याजदर धेरै चासो भएको छ । विगत एक वर्षदेखि बैंकको ब्याजदर सहज हुँदै आएपछि मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामा एकोमोडेटिप पोलिसी एडप्ट गरिसकेका छौं । पछिल्लो पोलीसी रेट हेर्दा ५ प्रतिशत छ । मौद्रिक नीतिमा सहजता गर्दै आएका छौं । मेरो गुनासो पनि छ । २ वर्ष मैले गाली र गुनासो मात्रै सुने । नेपालको लगानी उत्पादनमुलक भएन । पुँजीगत खर्च पनि उत्पादनशिल भएन । लगानी उत्पादनसिल बनाउनको लागि राष्ट्र बैंकले लिएका नीतिहरु बैंक स्रोतलाई सही ठाउँमा सदुपयोग भएन । कर्जाको लगानी उत्पादनमुलक क्षेत्रमा लगाएनौ । लगानी उत्पादनमा क्षेत्रमा लगाउने आग्रह गर्द्छु। राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति खुला भएर बनाउँछौं ।’

उहाँले बजेटमा लिएका लक्ष्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि र ५.५ प्रतिशतको मुद्रास्फिति कायम राख्न सकिन्छ भन्नेमा आफू ढुक्क रहेको बताउनु भयो । उहाँले यसपल्टको बजेटमा विकास र निजी क्षेत्रलाई सँगै लिएर जाने हुटहुटी देखिएको बताउनु भयो ।