१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो



अ+ अ-

काठमाडौँ: नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेलरमट्टितेलमा १/१ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १ सय ६८ र डिजेलरमट्टितेलको १ सय ५३ पर्नेछ ।

नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले विज्ञप्तिमार्फत जनाएको छ । हवाई इन्धन र एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ ।