२४ मंसिर २०८२, बुधबार
,
Latest
कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचनः प्रधानमन्त्री कार्की रुपन्देही–३ः कांग्रेसबाट खाणसहित छ जना सिफारिस संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यकः अध्यक्ष मगर मानव अधिकार दिवसको अवसरमा जनकपुरमा नेपाल बारको प्रभातफेरी भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो उदयपुरमा मोटरसाइकल दुर्घटनाः एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पसिना–पसिना हुँदै चोर्न गएको चोर एसीको हावामा मस्त निदाए, प्रहरीले उठाउँदा पनि उठेनन्



अ+ अ-

एजेन्सी । भारतको लखनउमा एक डाक्टरको बन्द घरमा चोर पसेका थिए । उनले पूरै घर खोजे, बहुमूल्य सामानहरू जम्मा गरे र आराम गर्न एसी अन गरे । तर, उनको आरामको रमाइलो बिहानै प्रहरीको घेरामा परेपछि बिग्रियो ।

लखनउको इन्दिरा नगरको सेक्टर २० मा बस्ने डा. सुनिल पाण्डेको घरमा यो अनौठो चोरी भएको हो । टाइम्स अफ इन्डियाका अनुसार सुनील पाण्डे हाल वाराणसीको बलरामपुर अस्पतालमा तैनाथ छन्, जसका कारण उनको घर खाली थियो ।

चोरले उनको घरको ताला तोडेर प्रवेश गरी बहुमूल्य सामानहरु जम्मा गरेका थिए ।

चोरीपछि उनी गर्मीबाट बच्न एसी अन गरेर सुते । तर, मदिराको नशामा उनी यति गहिरो निदाएका थिए कि प्रहरी आएपछि पनि उठेनन् । बिहान डाक्टर पाण्डेको ढोका खुलेकाले छिमेकीलाई शंका लाग्यो । उनले भित्र हेरेपछि घर अस्तव्यस्त थियो र सबै सामान छरपस्ट थियो । छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुग्दा चोर सुतेको अवस्थामा फेला परेको थियो । चोरको पहिचान कपिल रहेको र उनको साथबाट चोरीको सामान बरामद भएको छ । प्रहरीले कपिललाई पक्राउ गरेको छ र उनीविरुद्ध आईपीसीको धारा ३७९ ए अन्तर्गत चोरीको मुद्दा दर्ता गरिएको छ ।

चोरले अलमारी तोडेर नगदसहित सबै सामान चोरेको प्रहरीले जनाएको छ । उनले धुने बेसिन, ग्यास सिलिन्डर र पानीको पम्प पनि चोर्ने प्रयास गरेर घरको ब्याट्री पनि निकाल्ने प्रयास गरे तर निस्कनुअघि आराम गर्ने सोचेर एसीको हावामै सुते ।