२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ



अ+ अ-

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा भएको ट्राफिक प्रहरी युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका—९, मनमैजुमा भएको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सचिन परियारसहितलाई पक्राउ गरेको हो । गएको शुक्रबार प्रहरी जवान घिमिरे एक निर्माणाधीन घरको भुइँमा उनी रक्ताम्मे अवस्थामा मृत फेला परेका थिए । उनी ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत थिए ।

लागूऔषध सेवनकर्ताहरुसँगको विवादमा उनी मारिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

उनलाई इँटा प्रहार गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागूऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । तर, बयान र सोधपुछपछि ६ जनाको संलग्नता खुलेको हो ।

खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।