१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाली रुपैयाँका लागि छुट्टै मुद्रा चिह्न बनाउन विपिन आचार्यको माग News Polar सङ्घीय निजामती सेवा विधेयक संसद्‌मा दर्ता News Polar संघीय निजामती सेवा विधेयक संसद्मा, प्रशासन सुधारको बलियो आधार बन्ने मन्त्रीको विश्वास News Polar सभामुखले बोल्न समय दिएपछि सांसद राईको छोटो जवाफ– ‘कुरा त्यही हो हजुर’ News Polar स्वदेशमै उत्पादित रासायनिक मलको खरिद सुनिश्चित गर्न अध्ययन कार्यदल गठन News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाउँदै महिला, बालबालिका मन्त्रालय News Polar ट्रम्पद्वारा भारतीय पाइलटको प्रशंसा News Polar ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको सामाजिक सम्पदाका रूपमा सम्मान गर्नुपर्छ : मन्त्री बादी News Polar जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार लागुऔषध मुद्दाका प्रतिवादी पुनः पक्राउ News Polar दसैँअघि नै बर्दिया–कैलालीका उखु किसानले बक्यौता पाउने News Polar सुनसरीमा ५६४ किलो गाँजासहित सुमो बरामद, चालक फरार News Polar अडियो प्रकरणमा कृषिमन्त्री चौधरी : ‘व्यक्तिगत र पारिवारिक कुनै सम्बन्ध छैन’ News Polar ‘आफ्नै खेत बगेको भन्दा वडा भवन ढलेकामा दुःख लागेको छ ’ News Polar सह–पाइलटको आक्रमणपछि भारतीय पाइलटको प्रशंसा News Polar उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल News Polar एसियाली खेलकुद : जुडोमा पुनम पराजित News Polar स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह News Polar खोलामा पुल बन्यो, जाने बाटो छैन News Polar शरद ऋतुः ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ

अवैध सुन नदिने उद्देश्यले लुटिएको नाटक गर्ने एक जना पक्राउ
अ अ+ अ-

काठमाडौँ । भन्सार छली गरेर ल्याइएको सुन सम्बन्धित व्यक्तिलाई नदिई आफैँले राख्ने उद्देश्यले लुटिएको नाटक गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाम घर भई बिर्तामोड झापा बस्ने सूर्यबहादुर समाल मगर पक्राउ परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनी विदेशबाट आएको दोस्रो दिन जेठ २ गते आफू लुटिएको भनी घाउचोटसहित ललितपुरको गोदावरीस्थित सडकको नालीमा बसेको अवस्थामा भेटिएका थिए ।

उद्धारका लागि गएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा नाटक गरेको पत्ता लागेपछि प्रहरी नै छक्क परेको थियो । अनुसन्धान टोलीले उनीसँग सोधपुछ गर्दा जेठ १ गते बिहान कतारबाट फर्किएको र राजस्व छली गरी ल्याइएको सुन सोही दिन झापाको बिर्तामोडस्थित घरमा पुर्याएको बयान दिएका छन् ।

त्यसपछि सुन आफ्नो बनाउने योजना बुनेर उनी जेठ २ गते जहाजमार्फत काठमाडौँ आई ललितपुरको गोदावरीस्थित सडक किनारको नालीमा बसेका थिए । अपरिचित व्यक्ति घाइते अवस्थामा लडिरहेको भन्ने सूचना आएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त स्थानबाट उनलाई उद्धार गरी नमस्ते मेट्रो अस्पतालमा प्राथमिक उपचार गरेको थियो ।

सोही दिन प्रहरीमा ल्याएर अनुसन्धान गर्दा आफूले आफैँलाई शरीरमा चोटपटक लगाई हातखुट्टा बाँधेर गोदावरीस्थित सडक किनारको नालीमा बसेको भेटिएको रेग्मीले बताउनुभयो ।

उक्त सुन इलाका प्रहरी कार्यालय, अनारमनी बिर्तामोड झापाको समन्वयमा निजको घर कोठाको खानतलासी गरी बरामद गरिएको छ । उनका साथबाट सुनको ब्रासलेट एक थान, सुनको बेरुवा औँठी एक थान, मोबाइल एक थान र ल्यापटप बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ । रासस