३ भाद्र २०८३, बुधबार
,
Latest
परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव भूकम्प पीडितको निजी आवास निर्माणबारे गृहमन्त्रीको ब्रिफिङः समस्या समाधानका लागि कार्यदल गठन जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने



अ+ अ-

काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को आयोजनामा दोश्रो आईओएफटीसी अनलाइन भिडियो पुम्से च्याम्पियनसिप हुने भएको छ । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आफ्नो २० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा ब्ल्याक वेल्ट र कलर वेल्ट गरी जम्मा ५० स्पर्धामा प्रतिस्पर्धा हुने आईओएफटीसीका निर्देशक दिवाकर महर्जनले जनाएका छन् । ब्ल्याक वेल्टमा पुरुष/महिलामा समान ११–११ स्पर्धामा खेल हुनेछ । कलर वेल्टतर्फ पुरुष/महिलामा समान १४–१४ स्पर्धा समावेश छन् । डिसेम्बर १५ देखि २५ तारिखसम्म बढीमा ९० मिनेट सम्मको श्रब्यदृष्य पठाउनु पर्ने जनाएको छ । नतिजा ३१ डिसेम्बरमा सार्वजनिक गरिने आयोजकले बताएको छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही १ सय ५० अमेरिकी डलरबाट पुरस्कृत गरिने छ ।

नेपाली खेलाडीको सहभागितामा सहजीकरण गर्ने हेतुले रामचन्द्र ब्यन्जनकारको संयोजकत्वमा ५ सदस्यीय आईओएफटीसी हेल्प डेस्क टिम नेपाल गठन गरिएको छ । टिमका सदस्यहरुमा रजिन सिंह, अर्जुन महर्जन, निरोज गौतम र नमिका मोक्तान रहेका छन् । प्रतियोगिताको पहिलो संस्करण गत जुनमा भएको थियो । त्यत्ति बेला २८ राष्ट्रका ४ सय २७ खेलाडीले सहभागिता जनाएका थिए । कोरोना भाइरसको जोखिमका कारण खेलमा फर्कन नपाइरहेको अवस्थामा प्रतियोगिताले खेलाडीलाई थारै भएपनि राहत दिने निर्देशक महर्जनले बताए ।