१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार पहिलो घण्टामा शेयर बजारमा २ अर्बभन्दा बढीको कारोबार



symbolic picture
अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पहिलो घण्टामा नेप्से परिसूचक ३७ दशमलव ८८ अंकले बढेर १ हजार ९१२ दशमलव ६९ विन्दुमा पुगेको छ । १ हजार ८९४ दशमलव ७९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव शून्य २ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको १७ हजार २४० पटकको कारोबारमा ३७ लाख ५७ हजार ४६ कित्ता शेयरको रू। २ अर्ब १ करोड ४५ लाख बराबरको खरीदविक्री भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचक मध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ८४ र शून्य दशमलव ३३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। २६ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ३६५ मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा एनएमबि माइक्रोफाइनान्सको वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू। १ हजार ८९ कायम भएको छ । त्यस्तै, आँखुखोला हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।