११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार पहिलो घण्टामा शेयर बजारमा २ अर्बभन्दा बढीको कारोबार



symbolic picture
अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार पहिलो घण्टामा नेप्से परिसूचक ३७ दशमलव ८८ अंकले बढेर १ हजार ९१२ दशमलव ६९ विन्दुमा पुगेको छ । १ हजार ८९४ दशमलव ७९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा २ दशमलव शून्य २ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८६ ओटा कम्पनीको १७ हजार २४० पटकको कारोबारमा ३७ लाख ५७ हजार ४६ कित्ता शेयरको रू। २ अर्ब १ करोड ४५ लाख बराबरको खरीदविक्री भएको छ । 

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचक मध्ये व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ८४ र शून्य दशमलव ३३ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, होटल्स, जलविद्युत, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा, वित्त, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू। २६ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू। १ हजार ३६५ मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा एनएमबि माइक्रोफाइनान्सको वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू। १ हजार ८९ कायम भएको छ । त्यस्तै, आँखुखोला हाइड्रोपावर र विशाल बजार कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।