काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगका लागि नेपाली कांग्रेसले सहयोग अभियान सञ्चालन गरेको छ।
कांग्रेसले विपद्मा परेका नागरिकलाई राहत तथा सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरेको ‘नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष’ मा रकम जम्मा गरी अभियानमा सहभागी हुन आग्रह गरेको छ।
कांग्रेसका अनुसार इच्छुक व्यक्ति तथा संस्थाले उक्त कोषमा सहयोग रकम जम्मा गर्न सक्नेछन्। सहयोगका लागि कांग्रेसले सार्वजनिक गरेको बैंक खाता विवरण यसप्रकार छः
खातावालाको नाम: नेपाली कांग्रेस विपद् व्यवस्थापन कोष
खाता नम्बर: १३५००१००१५६९७२०००००१
बैंक: नेपाल बैंक लिमिटेड
शाखा: कुपण्डोल
नेपाली कांग्रेसले विपद्को यस कठिन घडीमा भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन सबैलाई अभियानमा जोडिन अपिल गरेको छ।







