११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा



अ+ अ-

काठमाडौं । रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति संयुक्त राज्य अमेरिकाले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गरेको छ।

अमेरिकी सरकारले बाढीमा परी ज्यान गुमाउने व्यक्तिका परिवार तथा प्रियजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपत्तिबाट प्रभावित सबैप्रति सहानुभूति जनाएको हो।

अमेरिकी विदेश मन्त्रालयले रसुवामा उत्पन्न परिस्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ। बाढीपछिको उद्धार तथा राहत प्रयासमा सहयोग पुर्‍याउन विपद् प्रतिकार्य सल्लाहकारलाई प्रभावित क्षेत्रमा खटाउने तयारीसमेत गरिएको छ।

त्यसैगरी, अमेरिकी विदेश मन्त्रालयले क्याथोलिक रिलिफ सर्भिसेस (CRS) लाई प्रदान गरेको वैश्विक अनुदानमार्फत ५ लाख अमेरिकी डलर (करिब ७ करोड ६० लाख रुपैयाँ) बराबरको सहायता उपलब्ध गराउने घोषणा गरेको छ।

उक्त सहयोग बाढीबाट प्रभावित समुदायलाई आपत्कालीन आश्रय, राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सम्बन्धी आवश्यकतामा प्रयोग गरिने जनाइएको छ।

अमेरिकी नागरिकको खोजी तथा उद्धारमा स्थानीय अधिकारीसँग समन्वय

यसैबीच, काठमाडौंस्थित अमेरिकी दूतावासले बाढी प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकहरूको अवस्था पत्ता लगाउन तथा आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँग निकट समन्वय गरिरहेको जनाएको छ।

नेपालमा रहेका अमेरिकी नागरिकलाई बाढीसम्बन्धी आकस्मिक सहयोग आवश्यक परेमा KathmanduACS@state.gov मार्फत अमेरिकी दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ।

दूतावासले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकलाई स्थानीय समाचार तथा सूचनाको निगरानी गर्न, स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न र महत्वपूर्ण सुरक्षा तथा आपत्कालीन सूचना प्राप्त गर्न Smart Traveler Enrollment Program (STEP) मा दर्ता हुन आग्रह गरेको छ।

नेपालमा रहेका आफन्तको खोजीमा रहेका अमेरिकी नागरिकलाई सम्पर्क नम्बर

नेपालमा रहेका आफ्ना पारिवारिक सदस्य वा आफन्तको अवस्थाबारे जानकारी खोजिरहेका चिन्तित अमेरिकी नागरिकका लागि अमेरिकी सरकारले सम्पर्क नम्बरसमेत उपलब्ध गराएको छ।

अमेरिका र क्यानडाबाट १-८८८-४०७-४७४७ तथा अन्य स्थानबाट १-२०२-५०१-४४४४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

रसुवामा आएको भीषण बाढीपछि ठूलो जनधनको क्षति भएको छ भने प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्य जारी रहेको छ। बाढीको प्रभाव तल्लो तटीय क्षेत्रसम्म समेत देखिएको अवस्थामा स्थानीय प्रशासनले नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिरहेको छ।




भर्खरै