३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव

विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव
अ+ अ-

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्राकृतिक विपद्पछि राहत, उद्धार तथा पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन सर्वदलीय संयन्त्र गठन गर्न प्रस्ताव गरेका छन्।

सिंहदरबारमा बिहीबार जारी सर्वदलीय बैठकको सुरुवात गर्दै लामिछानेले विपद्को सामना गर्न सरकारको मात्रै प्रयास पर्याप्त नहुने भन्दै सबै राजनीतिक दललाई एउटै संयन्त्रमा आबद्ध गरेर अघि बढ्नुपर्ने धारणा राखे।

उनले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका कामका लागि सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गर्दै यस्तो संयन्त्रले सरकारलाई आवश्यक निर्णय लिन सहज बनाउने बताए।

लामिछानेले विपद्का बेला सरकारी कोषलाई नै एकद्वार प्रणालीका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलले सरकारको राहत तथा उद्धार कोषमार्फत सहयोग गर्नुपर्ने बताए।

संकटको समयमा राजनीतिक स्वार्थ र दलगत पहिचानभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। उनले राहत, उद्धार तथा पुनर्निर्माणका काममा दलगत विभाजन नगरी सहकार्य गर्न सबै राजनीतिक दललाई आह्वान गरे।

त्यस्तै, विपद्को समयमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रम र गलत सूचनालाई नियन्त्रण गर्न तथा सामाजिक सञ्जालको सही सदुपयोग सुनिश्चित गर्न पनि दलहरूबीच साझा धारणा आवश्यक रहेको लामिछानेले बताए।

लामिछानेको आह्वानमा सिंहदरबारमा जारी सर्वदलीय बैठकमा बाढी, पहिरो तथा डुबानबाट उत्पन्न पछिल्लो अवस्था, राहत, उद्धार र पुनर्स्थापनाका विषयमा छलफल भइरहेको छ।