३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

रसुवा बाढीः कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
अ+ अ-

काठमाडौं । रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४सम्पर्कविहीन भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बुधबारसाँझ बाढी प्रभावित स्थानमा रहेका हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरुका सम्बन्धमा खोजी तथा उद्धारका लागि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन सूचना जारी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बाढी प्रभावित क्षेत्रमा रहेका कञ्चनपुरका २४ जनाका आफन्तले प्रहरीका खोजीकार्यका लागि सम्र्पक गरेको बताउनुभयो ।

“प्रभावित क्षेत्रमा कार्यरत सेना, प्रहरी, कर्मचारी र जलविद्युत् आयोजनामा कार्यरत मजदुरका आफन्तहरुले सम्र्पक गरेर खोजीकार्यका लागि आग्रह गरेका छन्”, प्रवक्ता रावतले भन्नुभयो, “हामीले सम्पर्कविहीन भएका नागरिकको विवरण सङ्कलन गरेर प्रहरी प्रधान कार्यालय पठाइरहेका छौँ ।”

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म यहाँको भीमदत्त नगरपालिकाका छ जना, बेलौरी नगरपालिकाका तीन जना, कृष्णपुरका पाँच जना, शुक्लाफाँटा नगरपालिकाका सात जना, लालझाडी गाउँपालिकाका एक र बेदकोट नगरपालिकाका दुई जना बाढी प्रभावित क्षेत्र रसुवाबाट सम्पर्कविहीन छन् ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सूचना जारी गरेपछि डडेल्धुराका एक र बैतडीका दुई जनाका आफन्तले पनि सम्पर्क गरेको जनाएको छ ।

“सम्पर्कविहीन व्यक्तिका आफन्तले दिएको विवरणअनुसार धेरैजसो हाइड्रोमा काम गर्ने मजदुर, नेपाली सेनाका दुई, नेपाल प्रहरीका एक र भन्सार र वन कर्मचारीलगायत छन्”, प्रवक्ता रावतले भन्नुभयो, “खोजीमा सहज होस् भनेर हामीले जिल्लामा विवरण सङ्कलन गरेका हौँ ।”