२४ भाद्र २०८३, बुधबार
,
Latest
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन कुनैपनि देशलाई दोषारोपण होइन, सहकार्य गर्नुपर्छः जलवायु विज्ञ मञ्जित ढकाल उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी



अ+ अ-

काठमाडौँ । पोर्चुगलले नेसन्स लिगमा स्कटल्यान्डविरुद्ध २–१ को जित निकालेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०१औँ गोल गरेको खेलमा पोर्चुगल विजयी भएको हो ।

आइतबार राति पाहुना टिम स्कटल्यान्डले सातौँ मिनेटमा अग्रता लिएको थियो । स्कटल्यान्डका स्कट म्याकटोमिनेले हेडर गोल गर्दै पाहुना टिमलाई अग्रता बनाएका थिए ।

५४औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा पोर्चुगल खेलमा फर्कियो । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–१ को जित निकालेको हो ।

स्कटल्यान्ड रोनाल्डोले अन्तर्राष्ट्रिय करियरमा गोल गरेको ४८औँ देश हो । विश्व फुटबलको इतिहासमा रोनाल्डोबाहेक अरू खेलाडीले यति धेरै देशविरुद्ध गोल गरेका छैनन् ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको पोर्चुगल समूह–१ को शीर्ष स्थानमा छ । समान खेल खेल्दा अंकविहीन स्कटल्यान्ड भने तालिकाको पुछारमा छ ।




भर्खरै