२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी



अ+ अ-

काठमाडौँ । पोर्चुगलले नेसन्स लिगमा स्कटल्यान्डविरुद्ध २–१ को जित निकालेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०१औँ गोल गरेको खेलमा पोर्चुगल विजयी भएको हो ।

आइतबार राति पाहुना टिम स्कटल्यान्डले सातौँ मिनेटमा अग्रता लिएको थियो । स्कटल्यान्डका स्कट म्याकटोमिनेले हेडर गोल गर्दै पाहुना टिमलाई अग्रता बनाएका थिए ।

५४औँ मिनेटमा ब्रुनो फर्नान्डेजको गोलमा पोर्चुगल खेलमा फर्कियो । खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–१ को जित निकालेको हो ।

स्कटल्यान्ड रोनाल्डोले अन्तर्राष्ट्रिय करियरमा गोल गरेको ४८औँ देश हो । विश्व फुटबलको इतिहासमा रोनाल्डोबाहेक अरू खेलाडीले यति धेरै देशविरुद्ध गोल गरेका छैनन् ।

प्रतियोगितामा लगातार दोस्रो जित निकालेको पोर्चुगल समूह–१ को शीर्ष स्थानमा छ । समान खेल खेल्दा अंकविहीन स्कटल्यान्ड भने तालिकाको पुछारमा छ ।