१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युभेन्टससंग बेनेभेन्टोको बराबरी



अ+ अ-

मिलान । इटालियन सिरी ‘ए’ को डिफेन्डिङ च्याम्पियन युभेन्टस शनिबार यसै सिजन मात्र बढुवा पाएको बेनेभेन्टोसँग १–१ को बराबरीमा रोकिएको छ । यस सिजन युभेन्टसले खेलेका लिगका नौ खेलमध्ये यो उसको पाँचौं बराबरी हो ।

यो खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई आराम दिएको थियो । उनको अभाव खेलमा प्रस्ट देखियो । अल्भारो मोराटाले २१ औं मिनेटमा युभेन्टसलाई अग्रता दिलाएयता जाटानो लेटिजाले पहिलो हाफको अन्त्यतिर बराबरी गोल गरे ।

लिगमा युभेन्टस अपराजित रहे पनि रोनाल्डोविनाको खेल जित्न सकेको छैन । यो नतिजापछि टिम १७ अंकसाथ पाँचौं स्थानमा छ । यो शीर्ष स्थानमा रहेको एसी मिलानसँग तीन अंकको दूरी हो । बेनेभेन्टो भने १० अंकमा छ ।