१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लालाई हराउँदै वेस्ट ह्याम अंक–तालिकाको पाँचौं स्थानमा उक्लियो



अ+ अ-

लन्डन । इंग्लिस प्रिमियर लिगमा सोमबार वेस्ट ह्यामले एस्टन भिल्लालाई २–१ ले हराएको छ । यससँगै टोली अंक–तालिकाको पाँचौं स्थानम उक्लिएको छ । 

टोलीका लागि एन्जेलो ओगबोना र जेरोड बोवेनले गोल गरे । भिल्लाका लागि ओली वाटकिन्सन पेनाल्टीमा चुक्नु महँगो साबित भयो । ज्याक ग्रेलिसले लागि एक गोल फर्काए । यससँगै भिल्ला लगातार चार खेलमा जितहीन भएको छ ।

वेस्ट ह्यामको भने यो लगातार तेस्रो जित हो । उसको १० खेलबाट १७ अंक भएको छ । सोमबारको अर्को खेलमा फुलहमले लेस्टर सिटीमाथि २–१ को जित निकाल्यो ।