२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशविरुद्ध नेपाल २–० गोलले पछि पर्यो



अ+ अ-

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेशले प्रतिस्पर्धा गरिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा बंगलादेशले आयोजक नेपालविरुद्ध २–० गोलको अग्रता बनाएको छ ।

बंगलादेशका लागि दुबै गोल मिराजुल इस्लामले गरे । खेलको इन्जुरी समयमा मिराजुलले पहिलो गोल गरे । उनले फ्रिकिकबाट सुन्दर गोल गरे ।

नेपालका गोलकिपर जयरथ शेखले गोल बचाउने कुनै मौका नै पाएनन् ।

यस्तै दोस्रो हाफमा ५५ औं मिनेटमा मिराजुलले गोल गर्दै अग्रता दोब्बर पारे । उनले हेडरमार्फत गोल गरे । जारी प्रतियोगितामा उनको यो चौंथो गोल हो ।