८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar राष्ट्रिय सभाको शुन्य समयः भ्रष्टाचार, कुटनीतिक नियुक्ति र सुरक्षा चासोबारे सरकारको ध्यानाकर्षण News Polar रुसमा रहेका नेपालीका समस्या समाधान गर्न सरकारसँग राप्रपा सचेतक ओलीको माग News Polar भारी वर्षा र विपद्को जोखिममा उच्च सतर्कता अपनाउन यातायात महासंघको अपिल News Polar संवैधानिक पदाधिकारी र न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्न सांसद न्यौपानेको माग News Polar राजनीतिक नियुक्तिमा पेन्सन र उपदान नपाउने व्यवस्था गर्ने कानुनमन्त्री गौतमको प्रतिबद्धता News Polar दैलेखको मिथेन ग्यास उत्खननदेखि माथिल्लो कर्णाली निर्माणसम्म सरकारलाई एमाले सांसद पोखरेलको माग News Polar सम्भावित भारी वर्षा र बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन नेपाली कम्युनिस्ट पार्टीको अपिल News Polar संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिकसम्बन्धी संशोधन विधेयक सर्वसम्मत पारित News Polar तलबसँगै बैठक र अन्तर्वार्ताको छुट्टै भत्ता दिने व्यवस्था हटाउन सांसद सिंहको माग News Polar म्याद सकिन लागेका न्यायाधीशको अवधि थपेर न्यायालय शुद्धीकरण हुँदैन : रमेश मल्ल News Polar न्यायपालिकामाथि राजनीतिक प्रहार लोकतान्त्रिक संस्कार होइन : सांसद बराल News Polar नियमित वर्षापछि जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौं महानगरको निगरानी News Polar इन्द्रजात्रामा ५०४ बालिकाको कुमारी पूजा-फोटो फिचर News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

एन्फा महासचिवको तलब बढेर २ लाख ७० हजार पुग्दा खेलाडीको तलब १८ हजारबाट ३० हजार

एन्फा महासचिवको तलब बढेर २ लाख ७० हजार पुग्दा खेलाडीको तलब १८ हजारबाट ३० हजार
अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल खेलाडीको तलबलाई लिएर विभिन्न समयमा टिकाटिप्पणी हुँदै आएको छ ।

केही समय पहिले राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यले एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा खेलाडी र एन्फाको तलब र सेवा सुविधाबारे दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा खेलाडीहरुको तलब निकै दयनीय र एन्फाका पदाधिकारीले भने चर्को सेवा सुविधा र तलब लिने भन्दै आक्रोश पोखिएको थियो ।

घरेलु लिग समेत नभएको अवस्थामा खेलाडीको तलबलाई लिएर कुराहरु उठ्नु स्वभाविक नै हो ।

यसैबीच, अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक मंगलबार बिहान सुरु भएर अबेर चलेको थियो । सो बैठक बिहीबार बिहानसम्मलाई स्थगित गरिएको छ । आज बुधवार साफ यू–२० च्याम्पियनसिपको फाइनलको कारण बैठक बिहीबार जारी रहने छ ।

कार्यसमिति बैठकले महासचिव किरण राईको मासिक तलब २ हजार अमेरिकी डलर हुने निर्णय गरेको छ ।

एन्फा पंकज अध्यक्ष नेम्वाङले एजेण्डा नम्बर ८ मा कर्मचारीको सेवा सुविधाबारे छलफलमा महसचिवको तलब २ हजार अमेरिकी डलर अर्थात करिब २ लाख ७० हजार रूपैयाँ पुर्‍याउने प्रस्ताव राखेका थिए । उक्त एजेण्डामा केही सदस्यहरुले असन्तुष्टि देखाएपनि यो प्रस्ताव बहुमतले पारित भयो ।

हाल महासचिव किरण राईले १ लाख २० हजार मासिक तलब थाप्दै आएका छन् । साथै, बैठकले राष्ट्रिय खेलाडीको तलब १८ हजार रूपैयाँबाट मासिक ३० हजार पुर्‍याएको छ । यो निर्णय भने सर्वसम्मतले पारित भयो ।

यस्तै, बैठकले नेपाली राष्ट्रिय फुटबल टोलिका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता थप नगर्ने निर्णय पनि गरेको छ ।

सन् २०२३ को मार्चमा नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक सम्हालेका एनेसको यसअघि तीन महिला सम्झौता थप गरिएको थियो ।

उनको प्रशिक्षणमा नेपालले थ्री नेसन्स कप फुटबल, साफ च्याम्पियनसिप, विश्वकप छनोट र केही मैत्रीपूर्ण खेलहरु खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले प्रधानमन्त्री कप थ्री नेसन्स कपको उपाधि जितेको छ ।

उक्त प्रतियोगितामा नेपालसहित लाओस र भुटान सहभागी थिए । समग्रमा एनेसको प्रशिक्षणमा नेपालले कूल १६ खेल खेलेको छ । जसमा नेपालले जम्मा ४ खेल मात्र जितेको छ । यस्तै ३ खेल बराबरी खेल्दा १० खेलमा पराजय ब्यहोरेको छ ।