• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

एन्फा कार्यसमिति बैठक शुरु, २३ बढी एजेण्डा



काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक शुरू भएको छ ।

एन्फाको केन्द्रिय कार्यालय सातदोबाटोमा आज बिहान ८ बजे बोलाइएको बैठक केहीबेर अघि मात्रै शुरू भएको हो ।

बैठकमा २३ बढी विभिन्न एजेण्डा रहेको बताइएको छ । नयाँ आधुनिक फुटबल रंगशाला निर्माण, फिफा र एएफ सीको अनुदानबाट भौतिक पूर्वाधार निर्माण तथा अन्य क्षेत्रमा बजेट विनियोजन, पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक, नयाँ सदस्य संस्था गठन, शहीद स्मारक वि डिभिजन लिग फुटबल प्रतियोगिताको बजेट, आव २०८१/८२ को वार्षिक बजेट र कार्यक्रमको बारेमा छलफल हुने अखिल नेपाल फुटबल संघको अध्यक्ष पंकज विक्रम नेम्वाङले जानकारी दिनुभयो ।

आजको बैठकमा उपाध्यक्ष विराटजङ्ग शाही र सदस्य पेमा डोल्मा लामाले पेश गर्ने छुट्टै एजेण्डामा पनि छलफल हुने बताइएको छ ।