ललितपुर । ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आज बिहान चोरी भएको छ । आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको प्रजिअ घनश्याम उपाध्याय ले जानकारी दिनुभयो । उहाँका अनुसार नौ ताला काटेर र चार ढोका फोरेर सो मूर्ति चोरी भएको छ ।
पाँच÷छ सय वर्ष पुरानो लिच्छविकालीन मूर्ति चोरी घटना अत्यन्त दुःखद भएको भन्दै तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न मन्त्री भुसालले निर्देशन दिनुभएको छ । उहाँले भन्नुभएको छ, “यो निन्दनीय कार्यको भत्र्सना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको छु, विश्वास छ सो ऐतिहासिक तथा पूरातात्विक मूर्ति छिट्टै भेटिनेछ ।” प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ । रासस










