१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको दोस्रो दिन सोमबार शेयर बजारमा सुधार, ७२.२८ अंकले कारोबार उकालो लाग्यो



symbolic picture
अ+ अ-

काठमाडौं । सोमबार शेयर बजार ७२ दशमलव २८ अंकले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको छ । आइतबार ६ प्रतिशतको नकारात्मक सर्किटबाट प्रभावित भएको बजार सोमबार भने सुधार भएर पुरानै लयमा फर्किएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि दोहोरो १२ दशमलव १० अंकले बढेर ३८२ दशमलव ७७ विन्दुमा पुगेको छ । कारोबारमा आएका १२ समूहकै परिसूचक बढेकाले पनि समग्र नेप्से परिसूचकमा उच्च वृद्धि देखिएको हो । 

सोमबार निर्धारित अवधिभर रू. ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार बराबरको शेयर कारोबार भएको छ । यस दिन २०६ कम्पनीको ६० हजार ५५ पटकको व्यापारमा १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर कारोबार भएको हो । आइतबार ३ घण्टा १३ मिनेटको कारोबारमा रू. ७ अर्ब २० करोड ९१ लाख ८० हजार बराबरको शेयर खरीदविक्री भएको थियो । आइतबार १२३ अंक घटेर १ हजार ९३२ दशमलव ११ विन्दुमा बन्द भएको बजार सोमबार १ हजार ९२९ दशमलव ४७ विन्दुदेखि खुलेको हो । 

सोमबार व्यापारिक समूहको परिसूचक सर्वाधिक ६ दशमलव ५७ प्रतिशत बढेको छ । यो दिन व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । त्यस्तै जीवन बीमा समूहको परिसूचक पनि सोमवार ६ दशमलव शून्य ४ प्रतिशत बढेको छ । बैंकिङ समूहको २ दशमलव २३ प्रतिशत, होटल समूहको ३ दशमलव शून्य ५ प्रतिशत, विकास बैंकको २ दशमलव शून्य २ प्रतिशत, जलविद्युत ५ दशमलव ९९ प्रतिशत, वित्त २ दशमलव ३६ प्रतिशत, निर्जीवन बीमा ४ दशमलव ३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ५ दशमलव शून्य ९ प्रतिशत, अन्य ४ दशमलव ९३ प्रतिशत, लघुवित्त ४ दशमलव ३ प्रतिशत र म्यचुअल फण्डको परिसूचक शून्य दशमलव ७२ प्रतिशत बढेको छ ।

उच्च अंकले बढेको सोमबारको बजारमा एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ६ दशमलव ६७ प्रतिशतले घटेको छ । यस कम्पनीको संस्थापक शेयरको मूल्य प्रतिकित्ता रू. २० ले घटेर अन्तिम मूल्य रू. २८० मा झरेको हो । यस दिन नारायणी डेभलपमेण्ट बैंक र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार कम्पनी, ग्लोबल आइएमई लघुवित्त, अपर तामाकोशी र साञ्जेन जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

सोमबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको रू. १ अर्ब ५ करोड ५७ लाख ५९ हजार बराबरको शेयर कारोबार भएको हो । आइतबार एकै दिन रू. १७३ ले शेयरमूल्य घटेको यो कम्पनीको शेयरमूल्य सोमबार भने प्रतिकित्ता रू. ६८ ले वृद्धि भएको छ । यो दिन कम्पनीको अन्तिम मूल्य प्रतिकित्ता रू. १ हजार ६३० कायम भएको हो ।