११ असार २०८३, बिहीबार
,
Latest
ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने एनआईईटीको ‘ड्याटलिङ्क’ राष्ट्रिय आविष्कार प्रतियोगिताको उत्कृष्ट १८ टोलीमा रास्वपाको केन्द्रीय समिति निर्वाचनमा ७६.८० प्रतिशत मतदान कर्णालीमा भीरबाट खसेको ढुङ्गाले लागेर युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहलाई पूर्णता दिने जिम्मा सरकारको: निर्वाचन आयोग (भिडियो सहित)



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ । स्थानीय तहको पदावधि सकिँदै गएकोले आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो ।

आइतवार सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताउनु भयो । २०७४ जेठ ३० गते निर्वाचन भएको आधारबाट हेर्दा,जेठको ५ गते राती १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख गर्नुभयो ।

सहप्रवक्ता धमलाले निर्वाचन भनेको राजनीतिक र कानूनि विषय भएकोले निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकोले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिएमा सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने तयारी राम्रोसँग गर्न सकिने बताउनु भयो । उहाँले स्थानीय तहको पदावधिको समय सकिँदै गएको र त्यसलाई लम्ब्याउने र छोट्याउने प्रावधान कानूनले नदिएकोले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनु पर्ने बताउनु भयो ।

सहसभिव धमलाले भन्नुभयो, ‘निर्वाचन आयोगले आधार लिने भनेको मुलतः निर्वाचन सम्बन्धिका दस्ताबेजहरु, ऐनहरुबाटै हो । स्थानीय तहको निर्वाचन सम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौँ दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने छ भनेको छ । त्यो भनेको ३० गते निर्वाचन भएको आधारबाट हेर्दा,जेठको ५ गते राती १२ बजेबाट अहिलेको पदावधि सकिन्छ ।

स्वभावैले निर्वाचन भनेको राजनीतिक इस्यू र कानूनि इस्यूको इभेन्ट हो । त्यसमा द्वीमत छैन । दलहरुले वा पोल्टिकल विल पावरले गर्ने व्याख्या विश्लेषण राजनीतिक ढंगको होला त्यो फरक पाटो भयो । तर निर्वाचन आयोग यसको नाम नै इएमबी हो । इलेक्ट्रल म्यानेजमेण्ट बडी हो । हामीले म्यानेजरियल पाटोबाट हेर्ने हो र त्यसको लागि फंग्शनको लागि हामीलाई पाल्र्यामेण्टले ऐनहरु दिएको हुन्छ, त्यही ऐनअनुसारको व्याख्या गर्ने र तदनुरुपको त्यसलाई कार्यान्वयन गर्ने, त्यो जिम्मा हाम्रो हो । संवैधानिक अधिकार र कानूनि दायित्वलाई पूरा गर्ने हो र त्यसरी हेर्दा जुन जसरी, जुन मितिमा चुनाव भएको भएता पनि पहिलो पटक घोषणा भएको निर्वाचन भएको मितिबाट ७ दिनपछि निर्वाचित भएको मानिने छ भन्ने आधारले गर्दा आयोगले बुझेको र हाम्रो तयारी हाम्रो व्याख्या भनेको जेठको ५ गते आधा रातबाट स्थानीय तहको अहिलेको इलेक्टेड अथुरिटीको पदावधि समाप्त हुन्छ ।

र जेठको ६ गतेबाट भ्याक्यूम हुन्छ । र स्थानीय तहको भ्याक्यूम गर्ने, भ्याक्यूम राख्ने, शुन्यतामा जाने परिकल्पना संविधानले ऐन कानूनले पनि गरेको छैन र व्यवहारमा सम्भव पनि छैन । हिजो स्थानीय निकाय हुँदा छुट्टै हुन्थ्यो प्रत्यायोजित अधिकार अनुसार, अथोरिटी डेलिकेट गरेर चल्थ्यो, फरक अध्याय हुन्थ्यो । अब अहिले भनेको स्थानीय सरकार हो । त्यहाँ ऐन, छ सञ्चित कोष छ । त्यसकारण एउटा व्यक्तिले चलाउने सम्भावना छैन । स्थानीय तह भ्याक्यूम राख्नु हुँदैन । जेठ ६ गते नयाँ इलेक्टेड अथोरिटीले रिप्लेश गर्नुपर्छ भन्ने मान्यता हो । त्यसैले त्यो भन्दा अघि निर्वाचन सम्पन्न गर्नुपर्छ । हामीले भन्दा र आम रुपले बुझ्ने गरेको १२० दिन भन्ने गरिन्छ ।

यो निर्वाचन अवधि हो । निर्वाचनका ३ वटा साइकल हुन्छन्, एउटा प्रि इलेक्ट्रल फेज, ड्यूरिङ इलेक्ट्रल फेज र पोस्ट इलेक्ट्रल फेज हुन्छ । हाम्रो कानूनले ड्यूरिङ इलेक्ट्रल फेज वा निर्वाचनको चरण भनेर निर्वाचन अवधि १२० दिनको हुनेछ, भनेको छ । त्यसको अर्थ ११७ दिनमा गर्नै नसकिने, १२२ दिन भयो भने पर्याप्त हुने होइन । ५ महिनाअघि चुनाव घोषणा भयो भने पनि निर्वाचन अवधि शुरु हुने भनेको १२० दिन नै हो । विगतको अनुभव हेर्दा आयोगले ९० दिनमा पनि चुनाव गराएको छ । १०० दिन जति चुनावको तयारी गर्न समय चाहिन्छ । सरकारले निर्वाचनको मिति अब छिटै घोषणा गर्नुपर्छ । त्यसो नभए समयमा निर्वाचन गर्न सकिँदैन, सबै स्पष्ट भएको भइसकेको विषय हो । अहिले तत्काल हेर्दा, स्थानीय तहको पदावधि सकिँदै छ, पदावधि बढाउने, लम्ब्याउने प्रावधान कानूनले दिएको जस्तो लाग्दैन, त्यसो हुँदा स्थानीय तह भ्याक्यूम राख्नु पनि हुँदैन र समयमा निर्वाचन गर्नुपर्छ भन्ने विषयमा आयोगले सामान्यतया जानकारी गराउने कुरा भइसकेको छ ।’

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन र पदावधी सम्बन्धी सबै जानकारी सम्पूर्ण राजनैतिक दलहरुलाई औपचारिक रुपमा गराइसकेको बताएको छ ।