२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमित दलहरूको सिण्डिकेट खडा गर्ने षड्यन्त्र संविधानको भावना विपरित अधिनायकवादी सोँच–कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सिमित दलहरूको सिण्डिकेट खडा गर्ने षडयन्त्र संबिधानको भावनाविपरित अधिनायकवादी सोच भएको बताएका छन् ।

समानुपातिक र समावेशीतालाइ नजरअन्दाज गरिए त्यो सैह्य नहुने समेत थापाको भनाई छ ।

पार्टीको काठमाडौं–४ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अन्य बिचार र भावनालाई कुण्ठित गर्ने प्रयास सर्बसत्ताबादी र अधिनायकबादी सोँच भएको टिप्पणी गरे ।

लोकतन्त्रको खोल ओढेर लोकतन्त्रकै गला निमोठ्न खोज्नु लज्जास्पद भएको भन्दै थापाले मुलुकलाई हिँडाइएको मार्गचित्र गलत भएको दाबी गरे । ‘यो बाटोबाट देश बनाउन र बचाउन गाह्रो भयो, अब मार्ग परिवर्तन गरौँ ।’ थापाले भने ।

सबैलाई अट्न नदिए व्यवस्थाको आयु सकिने उनको धारणा थियो । थापाले संगठन निर्माण र जनसंघर्षको योजनालाई उच्च प्राथमिकतामा राखेर काम गर्न कार्यकर्ताहरुलाई आग्रह गरे ।

देश बनाउन र बचाउन आन्दोलनको विकल्प नभएकोले सबै बिचार मिल्नेहरु एक ठाउँमा आएर आन्दोलनको तयारी गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा डाक्टर बिष्णु भण्डारी , राजाराम बर्तौला ‘चुनेली’, श्याम खत्री, यबती कार्की लगायतले बोलेका थिए ।