१८ भाद्र २०८३, बिहीबार
,
Latest
शव व्यवस्थापन र सडक पुनःस्थापनालाई प्राथमिकता दिन सरकारलाई घिसिङको सुझाव भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मणि थापालाई एमालेले गर्यो पदमुक्त



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य मणि थापालाई पदमुक्त गरेको छ । लामो समयदेखि पार्टीमा निष्क्रिय रहेपछि उनलाई एमालेले कुनै जिम्मेवारीमा नराखेको हो ।

हिजो बसेको दुई रिक्त स्थायी कमिटी सदस्यमा मुकुन्द न्यौपाने र लिलानाथ श्रेष्ठलाई मनोनीत गरिएको छ । थापा माओवादी धारका नेता हुन् ।

एमाले र माओवादीबीचको एकतापछि बनेको तत्कालीन नेकपामा उनलाई स्थायी कमिटीको जिम्मेवारी दिइएको थियो । तर, नेकपा एकता भंग भएपछि एमाले रोजेपछि थापा गैर सांसदको रूपमा मन्त्री समेत बनेका थिए ।