४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुहिरोको बीचबाट चिहाउँदै लजालु माछापुच्छ्रे



अ+ अ-

काठमाडौं । वर्षात्को समय छ । अधिकांश समय बदली भइरहेको हुन्छ । घाम त फाट्टफुट्ट मात्र लाग्ने गरेको छ । यस्तै संयोगका बेला माछापुच्छ्रे हिमालको रोमाञ्चक दृश्य देखिएको छ । यसलाई राससका पत्रकार धनबहादुर गुरुङले माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा भ्यू पोइन्टुबाट कैद गरेका हुन् ।

माछापुछ्रे एउटा हिमालको नाम हो जुन अन्नपूर्ण हिमालको उत्तरमा मध्य नेपालमा अवस्थित छ । यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन ।

माछापुछ्रे हिमाल एउटा लामो प्रेणदायक श्रेणीको पुछारमा, अन्नपूर्णको मुख्य भागमा दक्षिणतर्फबाट बाहिर लम्किदै गएको छ । पूर्वी सीमालाई अन्नपूर्ण संरक्षण क्षेत्रको रूप प्रदान गर्छ ।

यो संरक्षण क्षेत्र पर्यटकहरूको एउटा मनपर्ने ट्रेकिंग गन्तव्य हो र अन्नपूर्णको दक्षिणतर्फबाट आधार शिविर र अन्य प्राकृतिक छटा एकदमै मनमोहक हुन्छ । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ ।

माछाको पुच्छर जस्तो हुनाले नै यो हिमालको नाम माछापुच्छ्रे रहेको हो । यसलाई अङ्ग्रेजीमा फिस टेल पनि भनिन्छ । यसलाई तमु भाषामा कतासुँ क्लिको भनिन्छ ।