५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई ८ विकेटले हराउँदै श्रीलंकाले जित्यो एसिया कपको उपाधि



अ+ अ-

काठमाडौँ । वुमन्स एसिया कपको उपाधि श्रीलंकाले जितेको छ । भर्खरै सम्पन्न फाइनलमा खेलमा भारतलाई ८ विकेटले हराउँदै आयोजक श्रीलंकाले पहिलोपटक उपाधि जितेको हो ।

१६६ रनको लक्ष्य पाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि हर्षिता समराविक्रमाले सर्वाधिक ६९ रनको अविजित योगदान दिइन् । ५९ बल खेलेकी उनले ६ चौका र २ छक्का प्रहार गरिन् । यस्तै, चमारी अथपथ्थुले ४३ बलमा ६१ रनको योगदान दिइन् । यस्तै, कविसा दीलहरी १६ बलमा ३० रनसहित अविजित रहिन् ।

भारतका लागि बलिङमा दिप्ती शर्माले एकमात्र विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन जोडेको थियो । उसका लागि स्मृति मन्धनाले ६०, ऋचा घोषले ३०, जेमिना रोड्रीग्वेजले २९, शेफाली वर्माले १६ हरमनप्रीत कौरले ११ रन जोडिन् ।

बलिङतर्फ श्रीलंकाका कविसा दीलहरीले २, सचिनी निसन्सला, चमारी अथपथ्थु र उडेसिका प्रवोधनीले १–१ विकेट लिए । महिला एसिया कपमा भारत सर्वाधिक सफल टीम हो । आजको समेत गरी ९ संस्करणमा भारतले ७ पटक यस प्रतियोगिताको उपाधि जितेको छ ।




भर्खरै