६ भाद्र २०८३, शनिबार
,
Latest
अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिस ओलम्पिकको पहिलो दिनमै चीनलाई दुई स्वर्ण पदक, वर्षाका कारण खेल तालिका प्रभावित



अ+ अ-

एजेन्सी । चीनले पेरिस ओलम्पिकको पहिलो दिन नै दुई स्वर्ण पदक जितेको छ ।

पछिल्लो पटक सन् २००८ को ओलम्पिक पदक तालिकामा शीर्ष स्थानमा रहेको एसियाली पावरहाउस चीनले सुटिङ र सिंक्रोनाइज्ड डाइभिङमा स्वर्ण पदक जितेको हो ।

१० मिटर एयर राइफलको ‘मिक्स्ड टिम इभेन्ट’मा चीनका सेङ लिहाओ र हुआङ युटिङको जोडीले स्वर्ण पदक जितेको हो भने महिला तीन मिटर स्प्रिङबोर्डको फाइनलमा चीनकै अर्को जोडी चाङ यानी र चेन यिवेनले स्वर्ण पदक जितेको थियो ।

अष्ट्रेलियाले पनि महिला व्यक्तिगत समय परीक्षणमा साइकल यात्री ग्रेस ब्राउनको साथमा पहिलो स्वर्ण पदक जितेको छ ।

उद्घाटन समारोहमा शुक्रबार आएको बाढीपछि मौसमका कारण आयोजकका लागि टाउको दुखाइको विषय बनेको छ ।

पेरिसको ऐतिहासिक मुटुमा रहेको प्लेस डे ला कोनकोर्डमा हुने भनिएको पुरुष स्ट्रिट स्केटबोर्डिङ प्रतियोगिता रातभरको वर्षाका कारण सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

वर्षाका कारण रोलान्ड गार्रोसमा टेनिसको पहिलो राउन्डको खेल पनि प्रभावित भएको थियो भने बाहिरी कोर्टमा हुने तय भएका १० खेलको तालिका पनि प्रभावित भएको छ ।




भर्खरै