• २७ भाद्र २०८१, बिहीबार
  •      Thu Sep 12 2024
  •   Unicode
Logo
Latest
★   सन्दीपले पाए अमेरिकाको भिसा ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ ★   प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि… ★   भूकम्प र कोभिडपछि खस्किएको अर्थतन्त्रमा सुधार भएको छ: गभर्नर अधिकारी ★   अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने ★   अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा ★   ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली ★   रहेनन् भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी ★   कल सेन्टरमा सिआइबीको छापा, विदेशीसहित ५० जना पक्राउ ★   सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ:उपप्रधानमन्त्री पौडेल

अस्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गर्यो



एजेन्सी । क्रिकेट अष्ट्रेलियाले इंग्ल्याण्ड र स्कटल्याण्ड भ्रमणका लागि टोली घोषणा गरेको छ । अष्ट्रेलियाको बेलायत भ्रमणको सुरुवात स्कटल्याण्डसँगको तीन खेलको टी–२० सिरिजबाट सुरु हुनेछ ।

यसपछि अष्ट्रेलियाले इंग्ल्याण्डसँग तीन खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ । यो भ्रमणका लागि पहिलो पटक अष्ट्रेलियाबाट वेस्टर्न अस्ट्रेलियाका अलराउन्डर कुपर कोनोलीलगायत धेरै युवा खेलाडीलाई समावेश गरिएको छ । त्यस्तै प्याट कमिन्सजस्ता सिनियर खेलाडीलाई भने आराम दिइएको छ ।

अष्ट्रेलियाको स्कटल्याण्ड विरुद्धको एकदिवसीय शृंखलाका लागि मिचेल मार्सलाई टिमको कमाण्ड दिइएको छ । योसँगै मार्सलाई अष्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको ३ खेलको टी–२० र पाँच खेलको एकदिवसीय सिरिजमा कप्तानी गर्ने जिम्मेवारी पनि दिइएको छ ।

भारत र अस्ट्रेलियाबीच हुने पाँच खेलको बोर्डर गावस्कर सिरिजका लागि प्याट कमिन्सलाई विश्राम दिइएको हो । एकदिवसीय विश्वकप विजेता कप्तानले अष्ट्रेलियाको टी–२० विश्वकप यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।

यस बाहेक अस्ट्रेलियाले पहिलो पटक यो भ्रमणको लागि ज्याक फ्रेजरलाई पनि टोलीमा समावेश गरेको छ । दिल्ली क्यापिटल्सका यी स्टारले आईपीएल २०२४ मा उत्कृष्ट प्रदर्शन गरेका थिए र त्यसपछि उनलाई कङ्गारु टोलीले टी–२० विश्वकपमा रिजर्भ खेलाडीको रुपमा समावेश गरेको थियो ।

अष्ट्रेलियाको टी–२० टोली यस्तो छ –
मिचेल मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, टिम डेभिड, नाथन एलिस, ज्याक फ्रेजर म्याकगर्क, क्यामरन ग्रीन, आरोन हार्डी, जोश हेजलवुड, ट्राभिस हेड, जोश इंग्लिस, स्पेन्सर जोन्सन, मार्कस स्टोइनिस, एडम जाम्पा ।

एकदिवसीय टोलीः
मिचेल मार्श (कप्तान), सेन एबट, एलेक्स केरी, नाथन एलिस, ज्याक फ्रेजर म्याकगुर्क, आरोन हार्डी, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, जोस इंग्लिस, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, म्याथ्यू सर्ट, स्टिभ स्मिथ, मिचेल स्टार्क, एडम जाम्पा ।