११ फाल्गुन २०८१, आईतवार
February 23, 2025 Sunday
Latest
सशस्त्र प्रहरीकी इन्सपेक्टर मृत फेला महाशिवरात्रिमा पशुपतिनाथ आउने साधुसन्तलाई आवासीय सुविधा दिइने संविधानलाई समयानुकूल संशोधन गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे प्रधानन्यायाधीशको नाममा नक्कली ट्विटर आइडी बनाएर प्रचार गरेकाप्रति ध्यानाकर्षण भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहजीकरण गर्छः मुख्यमन्त्री आचार्य लोकतन्त्रमा राज्य बलियो बनाउन बलिया पार्टी आवश्यक : महासचिव पोखरेल माथिल्लो म्याग्दी जलविद्युत् आयोजना निर्माण सुरु कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित रिङ्कुकुमारी मृत्यु प्रकरण: आठ जना प्रहरी नियन्त्रणमा प्रधानाध्यापकहरुसँग प्रमुख र उपप्रमुखको अन्तरक्रियात्मक संवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरी



अ+ अ-

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम यचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ । उच्च ज्वरो आएपछि उनलाई अगस्ट १९ मा दिल्लीको एम्समा भर्ना गरिएको थियो । उनको २५ दिनदेखि उपचार भइरहेको थियो ।

सीपीआई (एम)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कमरेड सीताराम यचुरीलाई श्वासप्रश्वासको गम्भीर संक्रमण भएको थियो । चिकित्सकको टोलीले उनको उपचार गरिरहेको थियो ।’

समाचार एजेन्सी पीटीआईका अनुसार उनलाई उच्च ज्वरो आएपछि अगस्ट १९ मा एम्समा भर्ना गरिएको थियो, त्यसपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । येचुरीले हालै मोतियाविन्दुको शल्यक्रिया पनि गराएका थिए । येचुरी तीन पटक सीपीआई(एम)को महासचिव भइसकेका छन् ।

येचुरीले कक्षा १० सम्म अल सेन्ट्स हाई स्कूलमा पढेका थिए । सन् १९६९ को तेलंगाना आन्दोलनमा उनी दिल्ली पुगेका थिए । येचुरीले दिल्लीको प्रेसिडेन्ट एस्टेट स्कूलमा भर्ना भए र सीबीएसई उच्च माध्यमिक परीक्षामा अखिल भारतीय श्रेणी–१ प्राप्त गरे । उनले दिल्लीको सेन्ट स्टीफन्स कलेजबाट प्रथम श्रेणीमा अर्थशास्त्रमा बीए (अनर्स) गरे । त्यसपछि उनले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए गरे । उनले जेएनयूमा पीएचडीका लागि भर्ना गरेका थिए । तर, सन् १९७५ मा आपतकालका बेला गिरफ्तारीका कारण पूरा हुन सकेन ।

येचुरीकी पत्नी सीमा चिश्ती पेशाले पत्रकार हुन् । येचुरीले एक अन्तर्वार्तामा आफ्नी श्रीमतीले आर्थिक सहयोग गर्ने बताएका थिए । उनको पहिलो विवाह वीणा मजुमदारकी छोरी इन्द्राणी मजुमदारसँग भएको थियो । यस विवाहबाट उनको एक छोरी र एक छोरा छन् । येचुरीका छोरा आशिषको ३४ वर्षको उमेरमा २२ अप्रिल २०२१ मा कोभिड–१९ को कारण मृत्यु भएको थियो ।