३१ श्रावण २०८३, आईतवार
,
Latest
नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा अस्ट्रेलियाली भूमिमा बंगलादेशको जित, अस्ट्रेलिया ९ विकेटले पराजित एनएसजेएफ पल्सर स्पोर्ट्स २०८२ को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक अस्ट्रेलिया भ्रमणका लागि नेपाली ‘ए’ टोलीको तयारी पूराः उत्कृष्ट प्रदर्शन गर्ने कप्तान र प्रशिक्षकको लक्ष्य कम्युनिष्टहरु संघर्ष र क्रान्तीका कुरामा उद्वेलित हुँदा रहेछौँ, समाजवाद निर्माणमा नराम्रोसँग चुक्यौँः महासचिव पोखरेल पोखरामा अवैध घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ बरामद गरी नष्ट पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा नाइमा अटो शोमा उत्साहजनक सहभागिताः १ लाख ६५ हजार बढी दर्शकले अवलोकन गरे सत्तामा पुग्नु मात्रै राजनीतिको सफलताको मापदण्ड बन्योः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध छ:उपप्रधानमन्त्री पौडेल



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बिहीवार पाँचौ नेपाल पूर्वाधार सम्मेलनको क्रममा बोल्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ रहेको बताउनु भयो । उहाँले व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

उहाँले पूर्वाधार विकासलाई प्रवद्र्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहने जिकिर गर्नुभयो । उहाँले मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकुल नीति अवलम्वन गर्दै आएको बताउनु भयो । उहाँले पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो । उहाँले पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पूर्वाधार विकासलाई प्रवद्र्धन गर्न, निजी लगानी प्रोत्साहन गर्न वित्त नीतिसँगै मौद्रिक नीतिको पनि उत्तिकै भुमिका रहन्छ । मौद्रिक स्थायित्व कायम गर्दै पूर्वाधार क्षेत्रमा लगानी बिस्तार गर्न नेपाल राष्ट्र बैंकले अनुकुल नीति अवलम्वन गर्दै आएको छ । पूर्वाधार विकासमा निजी क्षेत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्छ । यसका लागि हामीले सार्वजनिक निजी साझेदारीका लागि अुनुकुल वातावरण सिर्जना गरेका छौँ । पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको छ । पूर्वाधार क्षेत्रमा लगानी अभिवृद्धि गर्न सहयोग पुग्नेगरी पुँजीगत र वित्तीय व्यवस्थामा बजेट विनियोजन गरिएको छ । नेपालमा सहज व्यवसायिक वातावरण निर्माण गर्न वर्तमान सरकार प्रतिवद्ध छ । कानून, कार्यविधिको प्रक्रिया सरलीकृत गर्न, प्रक्रियागत प्रणाली सहज बनाउन सरकार दृढ छ । व्यवसायिक लागत कम गर्न र पारदर्शिता कायम गर्न सुधारका कार्यहरु अघि बढाउँदै जानुपर्ने अवस्था छ ।’

अर्थमन्त्री पौडेलले पूर्वाधार लगायतका परियोजनाहरुमा स्वदेशी तथा वाह्य लगानीकर्ताहरुलाई आकर्षित गर्न देशको आर्थिक अवस्था मजबुत हुनेगरी काम अघि बढाइएको बताउनु भयो ।