१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा

अन्य राजनीतिक दलहरुलाई कमजोर बनाउने हाम्रो नीति होइन: देउवा
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अरु राजनीतिक दललाई कमजोर बनाउने नीतिअनुसार वर्तमान सरकार निर्माण नभएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आायोजित उत्कृष्ट नगरपालिका र गाउँपालिकालाई सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र)प्रति लक्षित गर्दै उहाँले दुई ठूला राजनीतिक दल मिलेपछि अरु पार्टीलाई सिध्याउने हुन् की भन्ने भय पालेर नराख्न आग्रह गर्नुभयो । उहाँले कुनैपनि पार्टीलाई सिध्याउने र कमजोर पार्ने नीति काँग्रेस र एमालेको नभएको बताउनु भयो ।

उहाँले सबैलाई मिलाएर अघि बढाउन आफूहरुले चाहेको पनि स्पष्ट पार्नुभयो । उहाँले पछिल्लो समय पार्टी परित्याग गरेकाहरु पनि पार्टीमा पुन: फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले काँग्रेसलाई कमजोर बनाउनेहरु नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताउनु भयो । उहाँले आफूले अब सबैकुराबाट सन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरुले लिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी र नेकपा एमाले सहमतिमा पगेर अहिले नयाँ सरकार बनेको छ । एमाले र माओवादी हुँदा हाम्रो पार्टीको अवस्थाप्रति सबै साथीहरु चिन्तित थिए । डराएका पनि थिए । अफ्ठ्यारो पनि मानेका थिए । उहाँहरुकै सुझाव अनुसार एमालेका नेता केपी शर्मा ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । त्यो सहमतिले अहिले केपी ओलीजी प्रधानमन्त्री हुनुहुन्छ । दुई वर्ष पुगेपछि डेढ वर्षको निम्ति मलाई प्रधानमन्त्री छोड्ने सहमति भएको छ । यसले देशभरका साथीहरुमा सुखद् कुरा आएको छ । सबै साथीहरु खुशी छन् । दुई पार्टीको बीचमा जो सहमति भएको छ ।

त्यसले अरु केही पार्टीका साथीहरु दुई पार्टी मिलेपछि हामी अरु पार्टी सिद्धिन्छ भन्ने चिन्ता होला । तर हामी कसैलाई सिध्याउने, कमजोर गर्ने हाम्रो पार्टीको नीति पनि होइन । मलाई लाग्छ, एमालेका नेता केपी ओलीज्युको कुरा पनि होइन । त्यसैले हामी सबैलाई मिलाएर अघि बढ्नुपर्ने कुराहरु छ । हामी सबैलाई मिलाएर अघि बढाउन चाहन्छौँ । अहिलेको बेलामा एमाले र काँग्रेसको बीचमा सहमति भएको छ । यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन् । अझै फर्काउने काममा लाग्नुपर्छ । धेरै पार्टीले हामीलाई कमजोर बनाउन खोजकै हो । हाम्रो पार्टी कमजोर बनाउनेहरु अझै छन् । हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनु पर्छ । मेरो एज पनि गयो । हरेक कारणले पनि रिटायरमेण्टको बेला भइसकेको छ । भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मलाई भन्दा बढ्ता चिन्ता गर्नुपर्छ ।’

सभापति देउवाले भोलिका दिनहरु चुनौतिपूर्ण र महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै दुवैलाई मिलाएर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले अब पार्टीको नेतृत्व लिने नेताहरुलाई काम गरेर देखाउन पनि चुनौति दिनुभयो । उहाँले काँग्रेस र एमालेको सरकार बनेपछि देशभर उत्साह पैदा भएको बताउनु भयो ।