१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली

ढिलो काम गर्ने र विश्राम गर्ने छुट सरकारलाई छैनः प्रधानमन्त्री केपी ओली
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारण गरेको लक्ष अनुसार काम गर्न संघीय सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

बिहीबार संघीय सरकारका मन्त्रीहरू र मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्न आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले के गर्छौँ भन्ने कुरा थाहा नहुँदासम्म काम गर्न नसकिने बताउनुभयो । त्यसैले कति समयमा कति काम गर्ने भन्ने कुराको लक्ष निर्धारण गर्न मन्त्रीहरूसँग कार्यसम्झौता गरेको ओलीले स्पष्ट पार्नुभयो ।

‘हामी टिम स्प्रिडमा काम गर्छौँ, एक अर्कालाई सहयोग गर्छौँ, देश प्रति जिम्मेवार भएर अत्यन्त बफादारीताका साथ काम गर्छौँ, जनताका बृहत्तर हितहरूमा, लोकतन्त्रको रक्षाका लागि, समाजमा शान्ति सुव्यवस्थाका लागि, देशमा सुशासन र समृद्धिको यात्रालाई गतिशीलताका साथ अगाडि बढाउनका लागि हामी सहमत छौँ र हामी प्रतिबद्ध छौँ’, ओलीले भन्नुभयो ।

ओलीले बिस्तारै सुबिस्तासँग काम गर्ने विगतको अभ्यास भए पनि अहिले ढिलो गर्ने र विश्राम गर्ने सुविधा सरकारलाई नभएको बताउनुभयो । ‘हामीले अत्यन्तै तीव्र गतिले काम अगाडि बढाउनु पर्ने छ, हाम्रो गतिमा तीव्रता चाहिन्छ, काममा योजनाबद्धता चाहिन्छ र एक अर्कामा पारस्परिक सहयोग चाहिन्छ’, ओलीले भन्नुभयो ।

एउटा मन्त्रालय र अर्को मन्त्रालय बिच समन्वय गरेर काम गर्न आग्रह गर्दै कुनै पनि कुरामा डुप्लिकेसन नगर्न सचेत गराउनुभयो । कसले कुन काम गर्ने भन्ने कुरामा स्पष्ट भएर समन्वयका साथ काम गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले पूर्ववर्तीका पनि काम लाग्ने काम र अनुभवलाई साथमा लिएर काम गर्न आग्रह गर्नुभयो । यस्ता कुराले कामलाई व्यवस्थित गर्न सहयोग पुग्ने ओलीले प्रष्ट पार्नुभयो ।