१६ भाद्र २०८३, मंगलवार
,
Latest
मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै… रसुवा बाढीपीडितका लागि इप्पानले १३ करोड १ रुपैयाँ सहयोग गर्ने भोटेकोशी बाढीले अगामी दिनमा जलवायु अनुकूलनयुक्त संरचना निर्माण गर्नुपर्ने पाठ सिकायोः मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कल सेन्टरमा सिआइबीको छापा, विदेशीसहित ५० जना पक्राउ



अ+ अ-

काठमाडौँ । ललितपुरको एकान्तकुनामा रहेको एक कल सेन्टरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छापा हानेको छ ।

केही विदेशीले घर भाडामा लिएर क्रिप्टो कारोबार र ठगी धन्दा गरिरहेको सूचनाको आधारमा सिआइबीले गएराति छापा मारेको हो ।

सिआइबीका अनुसार कार्यालयमा रहेका कागजातसहित ५० जना कर्मचारीलाई नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएकामध्ये अधिकांश फिलिपिन्स र चिनियाँ नागरिक छन् ।

कल सेन्टरको मुख्य सञ्चालक तीन जना रहेको पनि ब्युरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।