• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न प्रहरी होटलमा छिरेपछि…



काठमाडौं । सत्तारुढ नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई पक्राउ गर्न प्रहरी टोली बागबजारको हार्दिक होटलमा छिरेपछि होहल्ला मच्चिएको छ ।

प्रेस चौतारीका अन्य पदाधिकारीसहितको बैठकमा बसिरहेका बेला सादा पोशाकका प्रहरीको टोली बस्नेतलाई पक्राउ गर्न पुगेको थियो ।

यसैबीच, प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अनलाइनमा समाचार लेखेकै कारण बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय रहेको प्रतिक्रिया दिएका छन् ।

‘समाचार लेखेकै कारण हाम्रो संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई बागबजारमा अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय छ प्रहरीको टोली आएर जोरजबरजस्ती गर्न खोज्दा हामीले प्रतिकार गर्‍यौँ ।’ उनले भने ।

समाचारको विषयमा चित्त नबुझेको भए कारबाही गर्ने निकाय प्रेस काउन्सिल रहेको बताउँदै पाण्डेले प्रहरीको टोली यसरी छापामार शैलीमा आउनुलाई आपत्तिजन भनेका छन् ।

यता, सिआईबीले भने बस्नेतविरुद्ध निवेदन परेका केही बुझ्न खोजीको बताएको छ । साइबर अपराधबारे उजुरी परेपछि बस्नेतमाथि अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।