• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

एन्फा महिला लिग: आर्मीसँग वागमती ३—० ले स्तब्ध



काठमाडौँ । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लवले वागमती प्रदेशलाई तीन—शुन्यको सहज नतिजामा हराएको छ ।

एन्फा खेल मैदानमा भएको खेलमा वागमतीलाई हराएर आर्मी लिगको दोस्रो स्थानमा उक्लियो । खेलको २६ औं मिनेटमा आर्मीले अग्रता बनायो। विमला चौधरीले गोल गरिन् । पहिलो हाफ आर्मीले एक शुन्यको अग्रता बनायो । वागमती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन ।

६१ औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै अग्रता सुगुना गरिन् । वागमतीकी सञ्जु थिगंले आत्मघाती गोल उपहार दिँदा आर्मीले वागमतीलाई तीन शुन्यले हरायो ।

यो जितमा आर्मीले तीन अंक जोडेको छ । आर्मी ४ खेलबाट ९ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । पराजित वागमती ३ अंकका साथ सातौं स्थानमा छ ।