• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

सन्दीपले पाए अमेरिकाको भिसा



file-photo

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले अमेरिकाको भिसा पाएका छन् । आइसीसी विश्वकप लिग २ खेल्नका लागि सन्दीप लगायत अन्य खेलाडीहरुलाई अमेरिकी दूतावासले भिसा उपलब्ध गराएको हो ।

नेपाली टोली सो प्रतियोगिताका लागि मंगलबार राति नै क्यानाडा उडिसकेको छ । सन्दीप पनि टिमसँगै छन् ।

नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानाडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्ने छ । दुवै देशसँग नेपालले त्रिकोणात्मक टि २० सिरिज पनि खेल्ने छ । क्यानाडासँग सेप्टेम्बर २८ र अक्टोबर १ मा तथा ओमानसँग सेप्टेम्बर २९ र अक्टोबर २ तारिखमा नेपालले टि २० म्याच खेल्नेछ ।

क्यानडामा लिग २ खेलेपछि नेपाली टिम अमेरिका जानेछ । त्यहाँ नेपाल अमेरिका र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यसअघि अमेरिकामै आयोजना भएको टि–२० विश्वकप खेल्नका लागि सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् ।

दुई पटकको प्रयासमा पनि अमेरिकी दूतावासले उनलाई भिसा दिएको थिएन । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित उक्त प्रतियोगितामा उनी वेस्ट इन्डिजमा भने उपलब्ध भएका थिए ।