८ असार २०८३, सोमबार
,
Latest
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारीका अध्यक्ष बस्नेतलाई पक्राउ गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात – पत्रकार महासंघ



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघले सत्तारुढ नेकपा (एमाले) निकट प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले पक्राउ गर्न प्रयास गरेको भन्दै विरोध जनाएको छ ।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तीमा प्रेस काउन्सिलको अधिकार क्षेत्रलाई हस्तक्षेप गर्दै प्रहरीले पक्राउ गर्न खोज्नुले प्रेस स्वतन्त्रततामाथि गम्भीर आघात पुगेको जनाइएको छ ।

‘महासंघ प्रहरीको यो हस्तक्षेपको कडा शब्दमा निन्दा गर्दछ र प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँछ,’ विज्ञप्तिमा भनिएको छ ।

साइबर ब्युरोबाट खटिएको प्रहरी टोली बस्नेतलाई पक्राउ गर्न हार्दिक होटलमा पुगेको थियो । बस्नेत सो होटलमा एउटा कार्यक्रममा सहभागी हुँदै गर्दा प्रहरी पुगेको थियो ।

बस्नेतको अनलाइनमा साउन महिनामा प्रकाशित एक समाचार र तस्विरलाई लिएर उनीमाथि साइबर ब्युरोमा उजुरी परेको थियो । त्यसकै अनुसन्धानका लागि उनलाई पक्राउ गर्न खोजिएको बुझिएको छ ।

प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अनलाइनमा समाचार लेखेकै कारण बस्नेतलाई पक्राउ गर्न खोजिएको भन्दै अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय रहेको प्रतिक्रिया दिएका छन् ।

‘समाचार लेखेकै कारण हाम्रो संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई बागबजारमा अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय छ प्रहरीको टोली आएर जोरजबरजस्ती गर्न खोज्दा हामीले प्रतिकार गर्‍यौँ ।’ उनले भने ।