१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन

अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने

अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीको योजना– अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने
अ अ+ अ-

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत लोकदर्शन रेग्मीले आफू राजदुत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताउनुभएको छ ।

बिहीवार संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रश्तुत गर्दै संयुक्त राज्य अमेरिकाका लागि प्रश्तावित राजदुत रेग्मीले नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि पहल गर्ने बताउनुभएको हो । उहाँले द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताउनु भयो ।

उहाँले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसदमा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताउनु भयो । उहाँले विगतमा भएका प्रतिवद्धताहरु नविकरणका लागि र द्विपक्षिय हितका नयाँ विषयहरु अगाडी बढाउन पनि भ्रमणको महत्व रहेको उल्लेख गर्नुभयो । रेग्मीले आफूले आर्थिक कुटनीतिमा पनि ध्यान पुर्‍याउने बताउनु भयो । उहाँले अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताउनु भयो । दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘संयुक्त राज्य अमेरिकाको विश्वास, सद्भाव र सहकार्य दुईटैलाई बढाएर लिएर जानका लागि, अझ गहिरो बनाउनका लागि, अझ सुदृढ र प्रभावकारी बनाउनका लागि मैले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रयास गर्नेछु । द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनको लागि उच्चस्तरका भ्रमणहरुका आदान–प्रदानहरु, प्राविधिकहरुका बिचको आदान–प्रदानहरु विभिन्न तहका आदान–प्रदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने हाम्रो अनुभव छ । र प्रतिवद्धताहरुलाई नविकरण गर्नका लागि र द्विपक्षिय हितका नयाँ विषयहरुमा प्रवेश गर्नका लागि यस्ता भ्रमणहरुको शिखर महत्व रहने गर्दछ ।’

‘अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरुबाट नेपालको भ्रमण र नेपालको संसदलाई सम्बोधन गर्ने एउटा सन्दर्भ हामीले साकार पार्न सक्यौँ भने नेपालको छवि, नेपालको विश्वसनीयता र नेपालको अझ समृद्धिको ढोका मार्गप्रशस्त गर्नका लागि योगदान पुग्छ की ?अमेरिकाको राष्ट्रपतिलाई हाम्रो देशमा भ्रमण गराउन सक्दा राम्रो हुन्छ कि भन्ने मलाइ लागेको छ । त्यसको लागि ग्राउन्ड वर्क गर्नका लागि म आफू उत्सुक छु । संसदको तहबाट पनि दुई देशको भ्रमणको आदान–प्रदान गराउनुपर्छ । अमेरिकाको अर्थतन्त्रलाई हाम्रो अर्थतन्त्रसँग जोडेर हाम्रो हितमा अधिकतम मात्रामा स्रोत, साधन परिचालन गर्नको लागि मैले आफूलाई केन्द्रित गर्ने काममा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’

उहाँले अमेरिकास्थित नेपाली राजदूताबासलाई ‘स्मार्ट राजदूतावास’ बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । दुतावासको क्षमता विकास गर्दै रेकर्ड सिस्टमलाई व्यवस्थित बनाउने बताउनु भयो । उहाँले गैर आवासिय नेपालीहरुको हितमा खटेर काम गर्ने बताउनु भयो ।