२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अनन्त–राधिकाको बिहेमा बम विस्फोट भएको भए के हुन्थ्यो होला ?’



अ+ अ-

एजेन्सी । भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाहको चर्चा विश्वभर भइरहेको छ । विवाहको हरेक समारोह भव्य शैलीमा सम्पन्न भएको थियो । यो विवाहमा विश्वभरका चर्चित व्यक्तित्वहरु सहभागी भएका थिए ।

विवाहको भिडियो सामाजिक सञ्जालमा लोकप्रिय छ । यसैबीच विवाहमा बम राखेको चर्चा चलेको छ । मुम्बई प्रहरीको साइबर शाखा यस विषयमा अनुसन्धानमा व्यस्त छ ।

एक प्रयोगकर्ताले मुम्बई पुलिसलाई सोशल मिडिया प्लेटफर्म एक्समा एक पोस्टको बारेमा जानकारी दिएका थिए । यो पोस्ट एफएफएसएफआइआर नामक प्रयोगकर्ता द्वारा गरिएको थियो । जसमा अम्बानीको बिहेमा बम विष्फोट भयो भने ‘आधा संसार ध्वस्त हुनेछ भन्ने निर्लज्ज विचार मेरो दिमागमा आएको थियो । ट्रिलियन डलर गुम्नेछ ।’

हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार एक वरिष्ठ प्रहरी अधिकारीले यसलाई अफवाह भनेका छन् । तैपनि बान्द्रा–कुर्ला कम्प्लेक्समा रहेको विवाहस्थल वरपर यस पोस्टलाई लिएर सुरक्षा बढाइएको छ । पुलिस अधिकारीले भने कि मुम्बई पुलिसले यस मामिलामा कुनै एफआईआर दर्ता गरेको छैन, तर जुलाई १३ को रातमा यो पोस्ट गर्ने प्रयोगकर्ताको खोजी गरिरहेको छ । प्रहरीले पोस्ट गर्नुको कारण जान्न चाहन्छ ।

अनन्त–राधिकाको विवाहमा शनिबार दुई जना बिना निमन्त्रणा प्रवेश गरेका थिए । तीमध्ये एक, मोहम्मद शफी शेखले आफूलाई एक व्यापारीको रूपमा वर्णन गरे भने वेंकटेश नामका व्यक्तिले आफूलाई युट्युबर भनेर वर्णन गरे । दुवै जना आन्ध्र प्रदेशबाट मुम्बई आएका थिए । मुम्बईको बीकेसी प्रहरीले दुवैलाई कानुनी कारबाही गरेको छ ।




भर्खरै